यो कुर्आनलाई निरन्तर पढिरहनुहोस् । कसम अल्लाहको; जसको हातमा मेरो प्राण छ, त्यो कुरआन डोरीमा बाँधिएको ऊँटले आफ्नो…

यो कुर्आनलाई निरन्तर पढिरहनुहोस् । कसम अल्लाहको; जसको हातमा मेरो प्राण छ, त्यो कुरआन डोरीमा बाँधिएको ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो भाग्छ ।

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो कुर्आनलाई निरन्तर पढिरहनुहोस् । कसम अल्लाहको; जसको हातमा मेरो प्राण छ, त्यो कुरआन डोरीमा बाँधिएको ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो भाग्छ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कुर्आनको ख्याल राख्न र यसलाई कडाईका साथ पढ्न आदेश दिनुभएको छ, ताकि एक व्यक्तिले यसलाई आफ्नो छातीमा कण्ठ गरेपछि बिर्सनु हुँदैन । यो कुरामा जोड दिन उहाँले कसम खाएर भन्नुभयो, ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो यो कुरआन मानिसको छातीबाट निस्कन्छ । यदि मानिसले ख्याल राख्यो भने त्यो रहन्छ र ध्यान दिएन भने त्यो भाग्छ ।

فوائد الحديث

कुर्आनको हाफिजले कडाईका साथ पाठ गरिरह्यो भने त्यो हृदयमा सुरक्षित रहन्छ, अन्यथा स्मृतिबाट बाहिर जान्छ ।

कुरआनलाई नियमित रूपमा पढ्नुको एउटा फाइदा के छ भने यसमा धेरै पुण्य निहित छ र दोस्रो यसले न्यायको दिनमा व्यक्तिको हैसियत बढाउँछ ।

التصنيفات

कुर्आनमा ध्यान दिनुको सद्गुण