के म तिमीलाई त्यस मिसनमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? यदि कुनै पनि…

के म तिमीलाई त्यस मिसनमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? यदि कुनै पनि मुर्तिलाई हेर्छौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो चिहान छ भने त्यसलाई समतल गरी देऊ ।

अबुल हय्याज असदीले वर्णन गरेका छन्, अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) ले मलाई भन्नुभयो: के म तिमीलाई त्यस मिसनमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? यदि कुनै पनि मुर्तिलाई हेर्छौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो चिहान छ भने त्यसलाई समतल गरी देऊ ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूलाई यो भन्दै पठाउनुहुन्थ्यो, जुन मूर्ति भेट्टाउछौ, त्यसलाई नष्ट गरिदेऊ वा मेटाइ देऊ । हदीसमा ‘तिम्साल’ शब्दको प्रयोग भएको छ, जसको अर्थ आत्मा भएको वस्तुको चित्र हो, चाहे त्यो आकारमा होस् वा आकारविहीन । त्यसैगरी अग्लो चिहान फेला परेमा त्यसलाई जमिनसँग समतल बनाउने र त्यसमाथि बनेका भवन, कुब्बा आदि भत्काउने वा धेरै नउठाउने गरी जमिनसँग समतल बनाउने । यो लगभग एक फिट अग्लो हुनुपर्छ । त्योभन्दा बढी होइन ।

فوائد الحديث

जीवित वस्तुको तस्बिर बनाउन हराम हो । किनकि यसले शिर्कतर्फ लैजान्छ ।

शक्ति र अख्तियार भएको व्यक्तिले हातले गलत कुरा हटाउनु जायज हो ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जहिलीयत (इस्लाम पूर्व) कालका प्रत्येक चिन्हलाई तुरुन्तै हटाउन उत्सुक हुनुहुन्थ्यो, जस्तै चित्रहरू, मूर्तिहरू र चिहानहरूमा बनेका भवनहरू आदि ।

التصنيفات

ताैहीद उलूहियत