إعدادات العرض
जब दुई मुस्लिम भेट्छन् र हात मिलाउँछन् भने तिनीहरूलाई छुट्टिनु अघि नै क्षमा गरिन्छ।
जब दुई मुस्लिम भेट्छन् र हात मिलाउँछन् भने तिनीहरूलाई छुट्टिनु अघि नै क्षमा गरिन्छ।
बरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब दुई मुस्लिम भेट्छन् र हात मिलाउँछन् भने तिनीहरूलाई छुट्टिनु अघि नै क्षमा गरिन्छ।"
[सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो] [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Hausa Kurdî Português Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Українська ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolof Shqipالشرح
पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो कि जब दुई मुस्लिमहरू बाटोमा भेट्छन् र एकअर्कालाई अभिवादन गर्छन् र हात मिलाउँछन्, तिनीहरू अलग हुनुभन्दा पहिले तिनीहरूको पापहरू क्षमा गरिन्छ। यो ध्यान दिनुपर्छ कि यहाँ अलग हुनुको अर्थ शारीरिक अलग हुनु र हात मिलाउनुको अन्त्य दुवै हुन सक्छ।فوائد الحديث
भेटघाट गर्दा हात मिलाउनु मुस्तहब हो र मुसाफहा गर्न प्रोत्साहित।
अल-मनावीले भने: एक जनाको दाहिने हात अर्को व्यक्तिको दाहिने हातमा राखेर मात्र सुन्नत पूरा हुन्छ, तर यदि कुनै कारण छ भने केही फरक पर्दैन ।
सलाम फैलाउन प्रोत्साहन र एक मुस्लिमले आफ्नो साथी मुस्लिमसँग हात मिलाउनुको ठूलो इनामको वर्णन।
तर निषेधित मुसफहा गर्नु हुँदैन, जस्तै अपरिचित महिलासँग हात मिलाउनु।
