إعدادات العرض
निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै…
निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: म तिमीहरूलाई एउटा हदीस सुनाउनेछु जुन मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेको छु, जुन म बाहेक अरू कसैले तिमीहरूलाई सुनाउने छैन । मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुने : "निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।"
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Kurdî Wolof Soomaali Français Azərbaycan Tagalog Українська Bambara தமிழ் ქართული Deutsch Português Македонски Magyar فارسی Русский 中文 ភាសាខ្មែរ Malagasy Oromoo ไทย मराठी ਪੰਜਾਬੀ Türkçe Lingala Italiano አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि, कयामत (प्रलय) नजिक आउँदै गरेको एउटा चिन्ह यो हो कि इस्लामिक ज्ञान (शरिया) हराउँदै जानेछ र यो धर्मविद्हरूको निधनले गर्दा हुनेछ । फलस्वरूप, अज्ञानता बढ्नेछ, व्यभिचार र अनैतिकता जताततै फैलिनेछ, मदिरा सेवनको चलन बढ्नेछ, पुरुषहरूको संख्या घट्दै जानेछ र महिलाहरूको संख्या यति बढ्नेछ कि पचास महिलाहरूको हेरचाह गर्न र तिनीहरूको आवश्यकताहरू पूरा गर्न केवल एक पुरुष मात्र हुनेछ।فوائد الحديث
यस हदीसमा महाप्रलयका केही निशानीहरूको वर्णन छ ।
महाप्रलयको समयको ज्ञान गुप्त कुराहरू मध्ये एक हो जसको ज्ञान केवल अल्लाहसँग छ ।
यस हदीसमा धार्मिक ज्ञान लोप हुँदै जाने क्रम अघि नै त्यसलाई प्राप्त गर्न प्रोत्साहित गरिएको छ ।