إعدادات العرض
कुकुर वा चित्र भएको घरमा फरिश्ता (स्वर्गदूत) हरू प्रवेश गर्दैनन् ।
कुकुर वा चित्र भएको घरमा फरिश्ता (स्वर्गदूत) हरू प्रवेश गर्दैनन् ।
अबू तल्हा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कुकुर वा चित्र भएको घरमा फरिश्ता (स्वर्गदूत) हरू प्रवेश गर्दैनन् ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português සිංහල অসমীয়া Kiswahili አማርኛ ગુજરાતી Tiếng Việt Nederlands پښتو Hausa ไทย മലയാളം Кыргызча Română Malagasy Svenska Српски తెలుగుالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : रहमत (दया) का स्वर्गदूतहरू कुकुर वा जीवहरूको चित्र भएको घरमा प्रवेश गर्दैनन्; किनभने जीवहरूको चित्र बनाउनु घोर पाप हो । यो अल्लाहको सृष्टिको नक्कल, प्रतिस्पर्धा र शिर्क (बहुदेववाद) को माध्यम हो । यसमा सत्य ईश्वर; अल्लाहको सट्टा पूजा गरिने केही देवीदेवताको मूर्तिहरू हुन्छन् । फरिश्ताहरू कुकुर भएको घरबाट टाढा रहनुको कारण: किनभने कुकुरले धेरै अशुद्ध (नापाक) पदार्थहरू खान्छ र केही कुकुरलाई शैतान भनिएको छ; र स्वर्गदूतहरू शैतानहरूका विपरीत हुन् । कुकुरको खराब गन्धले गर्दा; स्वर्गदूतहरू खराब गन्धलाई घृणा गर्छन् । कुकुर पाल्न निषेध गरिएकोले गर्दा; कुकुर पाल्ने व्यक्तिको घरमा दयाका स्वर्गदूतहरूको प्रवेश निषेध गरिएको छ र ऊ फरिश्ताको दुआ, क्षमा, बर्कत (आशीर्वाद) र शैतानको हानिबाट जोगाउने इत्यादिबाट वन्चित हुन्छ ।فوائد الحديث
शिकार गर्न र गाईवस्तु वा खेतको सुरक्षा गर्न बाहेक अन्य कुकुरहरू पाल्न निषेध गरिएको छ ।
तस्विरहरू खिच्नु वा राख्नु एक दुष्ट कार्य हो, जसले गर्दा स्वर्गदूतहरू टाढा भाग्छन् र तस्विरहरू भएको ठाउँमा स्वर्गदूतहरू उपस्थि हुँदैनन् र कुकुरको पनि त्यस्तै हो ।
कुकुर वा चित्र भएको घरमा प्रवेश नगर्ने स्वर्गदूतहरू दयाका फरिश्ताहरू हुन्, जबकि संरक्षकहरू र मलकुल-मौत (मृत्यु दिने) स्वर्गदूतहरू प्रत्येक घरमा प्रवेश गर्छन् ।
भित्ता र अन्य ठाउँमा जीवजन्तुका तस्विरहरू टाँग्न निषेध गरिएको छ ।
खत्ताबीले भने: ‘स्वर्गदूतहरू कुकुर वा जीवहरूको चित्र भएको घरमा प्रवेश गर्दैनन्’ को मतलब भनेको राख्न निषेध गरिएको कुकुरहरू र तस्वीरहरू हुन्, तर शिकार गर्न र गाईवस्तु वा खेतको सुरक्षा गर्न पालिएका कुकुरहरू र गलैंचा, तकिया आदिमा देखिएका तस्वीरहरूले गर्दा स्वर्गदूतहरूलाई प्रवेश गर्नबाट रोकिएको छैन ।
التصنيفات
ताैहीद उलूहियत