“रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनुहोस्, सुन र चाँदीको भाँडाहरूमा नपिउनुहोस् र तिनीहरूका थालहरूमा…

“रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनुहोस्, सुन र चाँदीको भाँडाहरूमा नपिउनुहोस् र तिनीहरूका थालहरूमा नखानुहोस् । किनभने यो तिनीहरूका लागि यस लोकमा हो र हाम्रो लागि परलोकमा हो ।

अब्दुर रहमान बिन अबु लैलाले बयान गरेका छन्, उनीहरू हुजैफा (रजियल्लाहु अन्हु) सँग थिए । उनले पिउनको लागि पानी मागे, एउटा मजुसीले उनलाई पानी दियो । जब उसले उनको हातमा पानीको प्याला (कचौरा) राख्यो, उनले उसलाई त्यसैले हिर्काए र भने: मैले उसलाई एक दुई पटक निषेध नगरेको भए मैले यसो गर्ने थिइनँ । उनले के भन्न खोजे भने: मैले त्यत्तिकै त्यसो गरेको होइन । मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको छु, उहाँले भन्नुभयो: “रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनुहोस्, सुन र चाँदीको भाँडाहरूमा नपिउनुहोस् र तिनीहरूका थालहरूमा नखानुहोस् । किनभने यो तिनीहरूका लागि यस लोकमा हो र हाम्रो लागि परलोकमा हो ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुरुषहरुलाई सबै प्रकारको रेशमको लुगा लगाउन निषेध गर्नुभयो । जबकि उहाँले महिला र पुरुष दुवैलाई सुन चाँदीको भाँडामा खानपिन गर्न निषेध गर्नुभएको छ । अनि यी चीजहरू न्यायको दिनमा मुमिनहरूका लागि विशेष आशीर्वाद हुनेछन्; किनभने तिनीहरूले अल्लाहको आदेशको पालना गर्दै यस संसारमा त्यसबाट टाढिएका थिए । यसको विपरित, काफिरहरूले परलोकमा यी चीजहरू पाउने छैनन्; किनभने तिनीहरूले अल्लाहको आदेशको अवज्ञा गरेर सांसारिक जीवनमा यी कुराहरू भोगेका छन् ।

فوائد الحديث

रेशम र दिबाज (बाक्लो रेशम) को लुगा पुरुषहरूको लागि निषेधित छ र लगाउनेहरूलाई कडा धम्की दिइएको छ ।

रेशम र दिबाज (बाक्लो रेशम) को लुगा लाउनु महिलाहरु को लागी हलाल हो ।

सुन र चाँदीको थाल र भाँडाहरूमा खान र पिउन महिला र पुरुष दुवैका लागि निषेध गरिएको छ ।

हुजैफा (रजियल्लाहु अन्हु) ले उसलाई सुन र चाँदीका भाँडाहरू प्रयोग नगर्न बारम्बार मनाही गरे पनि उसले आफ्नो मनोवृत्ति परिवर्तन नगरेकोले उनले कठोर प्रतिक्रिया देखाए ।

التصنيفات

पोशाक लगाउने शिष्टाचार