إعدادات العرض
वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई…
वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिदहरू बनाउँछन् ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिदहरू बनाउँछन् ।"
[हसन] [अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog اردو 中文 हिन्दी Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá ئۇيغۇرچە Türkçe دری Кыргызча or Kinyarwanda Română Lietuvių ಕನ್ನಡ Nederlands Soomaali Српски Українська Wolof Moore ქართული Azərbaycan Magyar Македонски Malagasy Oromooالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैभन्दा खराब मानिसहरू को हुन् भनेर भन्नुभएको छ, सबैभन्दा खराब मानिसहरू ती हुन् जसको जीवनीमा कयामत हुनेछ र जसले चिहानहरूलाई मस्जिदमा परिणत गर्नेछन् र तिनीहरूको नजिक वा तिनीहरूतर्फ फर्केर नमाज पढ्नेछन् ।فوائد الحديث
कब्रिस्तान (चिहान) मा मस्जिद बनाउनु हराम हो, किनकि यसले शिर्कको ढोका खोल्छ ।
मस्जिद नबनाईकन पनि चिहान नजिकै नमाज पढ्न निषेध गरिएको छ । किनकि कुनै भवन नभए पनि सजदा गरिने ठाउँलाई मस्जिद भनिन्छ ।
जसले धार्मिक मानिसहरूको चिहानलाई मस्जिदको रूपमा नमाज पढ्न प्रयोग गर्छ, त्यो सृष्टिको सबैभन्दा घृणित र खराब मानिसहरूमध्ये पर्छ । यद्यपि उसले आफ्नो इरादा सर्वशक्तिमान् अल्लाहको नजिक पुग्ने हो भनेर दाबी गरोस् ।
التصنيفات
कयामतका निशानीहरू