إعدادات العرض
चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए
चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए।" उहाँले यो तीन पटक भन्नुभयो ।
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Türkçe اردو 中文 हिन्दी Tagalog ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Русский Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල دری Akan Български Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda тоҷикӣ O‘zbek Moore Azərbaycan Wolof Oromoo Soomaali Українська bm ភាសាខ្មែរ rn ქართული Македонски Српски Ελληνικά አማርኛ Malagasyالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती चरमपन्थीहरूको विनाश र बर्बादीको बारेमा बताउँदै हुनुहुन्छ, जो ईश्वरीय मार्गदर्शन र ज्ञान बिना आफ्नो धर्म, वचन र कार्यहरूमा नबी द्वारा तोकिएको कानूनी सीमा (शरिया) भन्दा बाहिर जान्छन् ।فوائد الحديث
हरेक काममा बनावटी व्यवहार र उग्रता बाट मनाही गरिएको हो, त्यसैले यसबाट बच्न अति नै आवश्यक छ; विशेषगरी धर्मकार्य र धार्मिक मानिसहरूको सम्मानमा ।
उपासना आदि लाई पूर्णताका साथ गर्न प्रयास गर्नु सराहनीय कुरा हो, तर यसका लागि शरीयतको पालना गर्नु आवश्यक छ ।
कुनै पनि महत्त्वपूर्ण कुरालाई जोड दिनु "मुस्तहब"(राम्रो) हो, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो वाक्यलाई तीन पटक दोहोर्याउनु भयो ।
यस हदीस बाट स्पष्ट हुन्छ कि इस्लाम एक सहज र उदार धर्म हो ।
التصنيفات
ताैहीद उलूहियत