إعدادات العرض
तिमीहरूलाई केही शासकहरूको सामना गर्नुपर्नेछ, जसका केही काम तिमीले सही ठहर्याउनेछौ र केहीलाई अस्वीकार गर्नेछौ।…
तिमीहरूलाई केही शासकहरूको सामना गर्नुपर्नेछ, जसका केही काम तिमीले सही ठहर्याउनेछौ र केहीलाई अस्वीकार गर्नेछौ। जसले यिनीहरूका खराब कार्यलाई चिने, उसले आफ्नो जिम्मेवारीबाट मुक्त रह्यो, र जसले यस्ता काम को इन्कार गर्यो, उसले सलामती पायो। तर जो यसता काममा सन्तुष्ट भयो र समर्थन गर्यो, त्यो दोषी हुनेछ।
उम्मे सलमा; मुस्लिमहरूको आमाले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूलाई केही शासकहरूको सामना गर्नुपर्नेछ, जसका केही काम तिमीले सही ठहर्याउनेछौ र केहीलाई अस्वीकार गर्नेछौ। जसले यिनीहरूका खराब कार्यलाई चिने, उसले आफ्नो जिम्मेवारीबाट मुक्त रह्यो, र जसले यस्ता काम को इन्कार गर्यो, उसले सलामती पायो। तर जो यसता काममा सन्तुष्ट भयो र समर्थन गर्यो, त्यो दोषी हुनेछ।" साथीहरूले सोधे, "के हामी उनीहरूसँग युद्ध गरौं?" उहाँले भने, "होइन, जबसम्म उनीहरू नमाज पढिरहन्छन् ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá සිංහල தமிழ் ไทย دری Кыргызча or Kinyarwanda Română Lietuvių Oromoo Nederlands Soomaali Српски Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyar Македонски አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : हामीमाथि यस्ता हाकिमहरू नियुक्त हुनेछन्, जसका केही कार्यहरू शरियत अनुसार हुनाले हामीलाई सही लाग्ने छन् र केही कार्यहरू शरीयत विरुद्ध भएकोले गलत लाग्नेछ । यस्तो अवस्थामा जसले त्यो मुन्कर (गल्ती) लाई इन्कार गर्न असमर्थ भएकोले आफ्नो हृदयमा नराम्रो ठान्छ भने त्यो व्यक्ति पाप र पाखण्डबाट मुक्त भएको मानिनेछ । त्यसैगरी हातले रोक्ने वा जिब्रोले खण्डन गर्ने शक्ति भएकोले आफ्नो जिम्मेवारी पूरा गर्छ, त्यो पाप र त्यसमा सहभागी हुनबाट सुरक्षित हुनेछ । तर जो उसको दुष्ट कर्ममा सन्तुष्ट रहन्छ र तिनीहरूको पाइला पछ्याउँछ, त्यो तिनीहरू जस्तै विनाशको शिकार हुनेछ । तब सहाबाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, के हामीले त्यस्ता शासकहरूसँग लड्नु हुँदैन ? उहाँले तिनीहरूलाई त्यसो गर्नबाट मनाही गर्दै भन्नुभयो : होइन, तिनीहरूले नमाज स्थापना गरुन्जेल त्यसो नगर्नुहोस् ।فوائد الحديث
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको एउटा प्रमाण के छ भने उहाँले भविष्यमा हुने केही घटनाहरूको भविष्यवाणी गर्नुभएको थियो र पछि त्यो उहाँले भविष्यवाणी गरेझैं प्रकट भयो ।
गल्तीप्रति सहमति व्यक्त गर्नु र त्यसमा भाग लिनु अनुमति छैन, बरु यसलाई खण्डन गर्नु आवश्यक छ ।
जब शासकहरूले शरीयत विपरित काम गर्न थाल्छन्, त्यस्ता कुरामा उनीहरूको आज्ञापालन गर्नु जायज छैन ।
मुस्लिम शासकहरू विरुद्ध विद्रोह गर्न अनुमति छैन; किनभने यसले दंगा, अराजकता, रक्तपात र अशान्ति फैलिनेछ । तसर्थ, अवज्ञाकारी शासकहरूको अवज्ञा सहनु र तिनीहरूको यातनामा धैर्य गर्नु त्योभन्दा धेरै सजिलो छ ।
सलाह (नमाज) धेरै महत्त्वपूर्ण कुरा हो । सलाह भनेको कुफ्र र इस्लाम बीचको भिन्नता हो ।
التصنيفات
इमाम विरुद्ध विद्रोह