अल्लाहले जोसँग भलाइ गर्न चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।

अल्लाहले जोसँग भलाइ गर्न चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले जोसँग भलाइ गर्न चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।"

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भनिरहनुभएको छ, जब अल्लाहले कुनै आस्थावान दासको भलाइ गर्न चाहनुहुन्छ, उसलाई उसको जीवन, सम्पत्ति वा परिवारलाई कुनै समस्यामा पारेर परीक्षा गर्नुहुन्छ, किनभने यसरी दास दुआ (बिन्ती) द्वारा अल्लाहदेखि नजिक हुन्छ, उसका पापहरू क्षमा गरिन्छ र उसलाई उच्च दर्जा प्रदान गरिन्छ ।

فوائد الحديث

आस्थावानले विभिन्न प्रकारका परीक्षाहरूको सामना गर्नुपर्छ ।

परीक्षाहरू कहिलेकाहीँ एक सेवकको लागि अल्लाहको प्रेमको संकेत हो । अल्लाहले दासको दर्जा बढाउने र उसको पाप क्षमा गर्ने उद्देश्यले परीक्षा लिनुहुन्छ ।

कठिनाइ र परीक्षणको समयमा धैर्य गर्न र नआत्तिने प्रोत्साहन ।

التصنيفات

कजा व कद्र (भाग्य) का कुराहरू