सवारले पैदलयात्रीलाई, पैदलयात्रीले बसेकालाई र सानो जमातले ठूलो जमातलाई सलाम गर्नेछन् ।

सवारले पैदलयात्रीलाई, पैदलयात्रीले बसेकालाई र सानो जमातले ठूलो जमातलाई सलाम गर्नेछन् ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सवारले पैदलयात्रीलाई, पैदलयात्रीले बसेकालाई र सानो जमातले ठूलो जमातलाई सलाम गर्नेछन् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकअर्कालाई सलाम (अभिवादन) गर्ने शिष्टाचार सिकाउनुभएको छ : 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु' (तपाईंमाथि अल्लाहको दया र आशीर्वाद होस्) सानोले ठूलोलाई, सवारले हिँड्नेलाई, हिँड्नेले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नेछ ।

فوائد الحديث

हदीसमा उल्लेखित तरिका अनुसार सलाम गर्नु मुस्तहब (राम्रो) हो । तर यदि पैदल यात्रीले सवारलाई सलाम (अभिवादन) गर्छ भने जायज छ।

हदीसमा उल्लेखित तरिका अनुसार सलाम फैलाउनु प्रेम र सद्भावको एक कारण हो ।

यदि तिनीहरू समान अवस्थामा छन् भने तिनीहरूमध्ये जसले सलाम गर्नमा पहल गर्छ, ऊ उत्कृष्ट हो ।

इस्लामको पूर्णता भनेको यसमा मानिसहरूलाई आवश्यक पर्ने सबै कुराहरू समावेश छन् ।

सलाम गर्ने शिष्टाचार सिकाउने र प्रत्येक हकवालालाई उसको हक दिने ।

التصنيفات

सलाम (अभिवादन) र अनुमति माग्ने शिष्टाचार