हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ

हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, (यो भनिरहँदा नोअ्मानले आफ्ना दुई औंलाहरू आफ्नो कानतिर उठाए) : "हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन । तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छ (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) चीजहरूको बारेमा एक सरल सिद्धान्त र सामान्य नियम बताउदै हुनुहुन्छ । शरियतमा तीन प्रकारका चीजहरू छन्; स्पष्ट रूपमा हलाल चीजहरू, स्पष्ट रूपमा हराम चीजहरू र संदिग्ध चीजहरू; जसको हलाल वा हराम स्पष्ट छैन र धेरै मानिसहरूलाई यसको नियम बारे थाहा छैन । यस्तो अवस्थामा जसले यी संदिग्ध र अस्पष्ट चीजहरूलाई त्याग्छ, उसको धर्म निषेधित चीजहरूमा पर्नबाट सुरक्षित हुनेछ र यस शंकास्पद कुरामा संलग्न भएको कारणले उसको इज्जत र प्रतिष्ठा पनि मानिसहरूको आलोचनाबाट सुरक्षित हुनेछ । बरु, जो यी संदिग्ध र अस्पष्ट कुराहरूबाट टाढा रहँदैन, उसले या त निषेधित कुरामा फस्न वा मानिसहरूको आलोचनाको सामना गर्न आफूलाई अगाडि बढायो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संदिग्ध कार्य गर्नेहरूको अवस्था व्याख्या गर्न एउटा उदाहरण दिनुभयो र भन्नुभयो, यस्तो व्यक्तिको उदाहरण गोठालो जस्तै हो जसले कसैको सुरक्षित चरन नजिक आफ्नो गाईवस्तु चराउने गर्छ । यस्तो अवस्थामा संरक्षित चरन नजिकै चर्ने भएकाले उनको जनावर सुरक्षित चरनमा गएर चरन थाल्ने सम्भावना छ । त्यसैगरी शंकास्पद कार्य गर्ने व्यक्ति आफ्नो कर्मको कारणले हरामको नजिक हुँदै जान्छ र उसलाई हरममा पर्न सम्भावना हुन्छ । त्यस पछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानव शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।

فوائد الحديث

अस्पष्ट चीज र शंकास्पद वस्तुहरू त्याग्न प्रोत्साहन ।

التصنيفات

इस्लामिक शासन, हृदय कार्यका गुणसद्गुणहरू, आत्म-शुद्धि