إعدادات العرض
तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान…
तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ?
अबू हुरैरह रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ? उनीहरूले भने: "कुनै मैलो बाँकी रहँदैन।" तब उहाँले भन्नुभयो: "पाँचवटा नमाजको उदाहरण त्यस्तै हो। यसबाट अल्लाह पापहरू मेटाइदिनुहुन्छ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá Tiếng Việt Hausa Kiswahili پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം ไทย Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Українська ქართული Moore Magyar Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले साना पापहरू पखाल्नको लागि दैनिक पाँच नमाजलाई एक व्यक्तिको ढोका अगाडि रहेको नदीसँग तुलना गर्नुभएको छ । जसमा ऊ हरेक दिन पाँच पटक नुहाउछ र उसको शरीरमा फोहोर हुँदैन ।فوائد الحديث
यो साना पापहरूको प्रायश्चितको लागि मात्र हो, ठूला पापहरूको लागि पश्चात्ताप गर्नुपर्छ ।
दैनिक पाँच नमाजहरू त्यसका सर्तहरू, स्तम्भहरू, वाजिबहरू र सुन्नतहरूको पालनाका साथ पढ्ने पुण्य ।
التصنيفات
सलाहको सद्गुण