إعدادات العرض
आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र…
आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।
अम्र बिन शुऐबले आफ्नो बुबाद्वारा आफ्नो हजुरबुवाबाट नकल गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"
[हसन] [अबू दाऊदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Português සිංහල Svenska ગુજરાતી Yorùbá ئۇيغۇرچە Tiếng Việt Hausa Kiswahili پښتو অসমীয়া دری Кыргызча or Čeština Română Nederlands Soomaali తెలుగు മലയാളം Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Українська ქართული Moore Magyar Shqip Македонски Azərbaycan አማርኛ Malagasy Oromoo Deutschالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बुबाले आफ्नो सन्तान (छोराछोरी) लाई सात वर्षको हुँदा नमाज पढ्न आदेश दिनुपर्छ र यसलाई स्थापित गर्न आवश्यक कुराहरू सिकाउनुपर्छ । तिनीहरू दस वर्ष पुगेपछि लापरवाही गर्छन् भने पिट्न भनिएको छ र उनीहरूको ओछ्यान पनि अलग गर्न आदेश दिइएको छ ।فوائد الحديث
बालबालिकाहरूलाई बालिग हुनु अघि दीन (धर्म) का आधारभूत कुराहरू सिकाउनु पर्छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण सलाह हो ।
पिट्नु अनुशासनको लागि हो, यातनाको लागि होइन, त्यसैले अवस्था अनुरूप पिटाइ गर्नुपर्छ ।
शरियतले इज्जत जोगाउन र भ्रष्टाचार निम्त्याउन सक्ने हरेक बाटो अवरुद्ध गरेको छ ।