إعدادات العرض
त्यो मान्छे हामीमध्ये होइन, जो गालामा थप्पड हान्छ, लुगा च्यात्छ र जाहिलियत (अज्ञानताको समय) जस्तै गाली गर्छ।
त्यो मान्छे हामीमध्ये होइन, जो गालामा थप्पड हान्छ, लुगा च्यात्छ र जाहिलियत (अज्ञानताको समय) जस्तै गाली गर्छ।
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) भन्नु हुन्छ: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: त्यो मान्छे हामीमध्ये होइन, जो गालामा थप्पड हान्छ, लुगा च्यात्छ र जाहिलियत (अज्ञानताको समय) जस्तै गाली गर्छ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Nederlands অসমীয়া Tiếng Việt Kiswahili ગુજરાતી پښتو Română മലയാളം Deutsch Кыргызча ქართული Moore Magyar తెలుగు Svenska ಕನ್ನಡ Українська Македонски Kinyarwanda Oromoo ไทย Српски मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Wolof ភាសាខ្មែរ Lietuviųالشرح
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले जाहिलियत (अज्ञानताको समय) का केही कामहरूबाट सचेत गर्नु भएको छ : उहाँले भन्नुभयो: यीनीहरु हामीहरूमध्ये होइनन् : १- गालामा थप्पड हान्नेहरू, उहाँले विशेष गरी गालाको थप्पडको बारेमा उल्लेख गर्नुभयो किनभने यस्ता अवसरहरूमा सामान्यतया गालामा थप्पड हानिन्छ। अन्यथा, अनुहारको बाँकी भागमा हिर्काउनु पनि निषेध गरिएको छ। २- रिसाएको बेला आफ्नो कलर र गला च्यात्ने व्यक्ति। ३- अज्ञानता युगका मानिसहरू जस्तै हाइ हाइ र बर्बाद भयो भनेर विलाप गर्नु वा (छाती पिटेर) शोक व्यक्त गर्नु आदि।فوائد الحديث
यस हदीसमा दिइएको चेतावनीले यी कार्यहरू ठूला पापहरूमध्ये हुन् भन्ने संकेत गर्छ।
दुःखमा धैर्य गर्नु अनिवार्य छ। अल्लाहको पीडादायी फैसलामा रिसाउनु र रूएर, कपाल खौरिएर, लुगा च्यातेर वा यस्तै क्रियाकलाप गरेर अल्लाहको फैसलाप्रति अप्रसन्नता व्यक्त गर्नु निषेध गरिएको छ।
शरियाले समर्थन नगरेको इस्लाम पूर्वका अभ्यासहरूको अनुसरण गर्न निषेध गरिएको छ।
दुःखी हुनु र रुनुमा कुनै गल्ती छैन। यो अल्लाहको निर्णयप्रति धैर्य गर्नुको विपरीत पनि होइन। बरु, यो अल्लाहले आफन्त र साथीभाइको हृदयमा सिर्जना गरेको दया र माया हो।
अल्लाहको निर्णयमा सन्तुष्ट हुनु मुस्लिमको जिम्मेवारी हो। यदि ऊ सन्तुष्ट हुन सक्दैन भने, उसले कम्तिमा धैर्य गर्नुपर्छ।
التصنيفات
अज्ञानताका समस्याहरू