إعدادات العرض
निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै…
निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: "निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, यदि तिमीहरू सूर्योदय र सूर्यास्त हुनुअघिका नमाजहरू (फज्र र अस्र) पढ्न सक्षम छौं भने, ती नमाजहरूलाई कहिल्यै नछोड्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी বাংলা Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá ئۇيغۇرچە Hausa دری Кыргызча or Kinyarwanda Română Lietuvių Српски Nederlands Soomaali Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyar Tagalog Македонски አማርኛ Malagasy Oromoo मराठी ਪੰਜਾਬੀ O‘zbek ភាសាខ្មែរالشرح
एक रात साहाबहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए र यसैबीच उहाँले पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: आस्थावानहरूले आफ्ना परमेश्वरलाई प्रत्यक्ष आँखाले देख्न पाउनेछन् र उहाँलाई हेर्दा कुनै समस्या, थकान वा कठिनाइ हुनेछैन । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : यदि तिमी फज्र र अस्रको नमाज पढ्नबाट रोक्ने वा विचलित गर्ने कारणहरू हटाउन सक्षम छौ भने, यी दुई नमाजहरूलाई समयमा र जमातसहित पूरा गर। किनभने यी दुई नमाजहरू अल्लाहको अनुहार हेर्ने सौभाग्य प्राप्त गर्ने कारणहरू मध्ये एक हुन्। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो : (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।فوائد الحديث
यो हदीसमा आस्थावानहरूले स्वर्गमा अल्लाहको दर्शन गर्ने अवसर पाउने शुभ समाचार छ।
दाअ्वाह (इस्लाम तर्फ आह्वान) गर्ने शैलीहरूमध्ये कुनै कुरामा जोड दिनु, प्रोत्साहन गर्नु र उदाहरणद्वारा व्याख्या गर्नु पनि हो ।
التصنيفات
आखिरतको जीवन