إعدادات العرض
यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।
यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە Kiswahili தமிழ் دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Azərbaycan ქართული тоҷикӣ bm Oromoo Македонски አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, संसार र यसमा भएका सबै चीजहरू वास्तवमा लाभदायक साथै अस्थायी सुख हो, त्यसपछि यसको अन्त्य हुन्छ । यस संसारमा सबैभन्दा राम्रो सुख धर्मपरायण नारी हो । जब उसको पतिले उसलाई हेर्छ तब उसलाई खुसी तुल्याउँछे, जब उसले आदेश दिन्छ तब उसले पालन गर्छे, जब उसलाई छोडेर कतै जान्छ, उसले आफ्नो र आफ्नो पतिको सम्पत्तिको रक्षा गर्छे ।فوائد الحديث
अल्लाहले आफ्ना सेवकहरूका लागि जायज गर्नुभएको पवित्र चीजहरूबाट लाभ उठाउन अनुमति छ । तर अनावश्यक खर्च र आडम्बर गर्नु हुँदैन ।
राम्रो पत्नी छनोट गर्न प्रोत्साहन गरिएको छ, किनभने उसले आफ्नो पतिलाई अल्लाहको आज्ञा पालन गर्न मद्दत गर्छिन् ।
यस संसारमा सबैभन्दा राम्रो चीज त्यो हो जुन अल्लाहको आज्ञा पालन गर्न उपयोगी हुन्छ वा उहाँको आज्ञा पालन गर्न मद्दत गर्दछ ।
التصنيفات
महिला सम्बन्धी नियमहरू