إعدادات العرض
न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।
न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।
आस्थावानहरूकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) म कहाँ आउनुभयो र मैले अन्जानै मूर्तिहरू भएको पर्दाले केही ढाकेको थिएँ । उहाँले त्यो पर्दालाई हेर्ने बित्तिकै तान्नु भयो र उहाँको अनुहारको रंग नै रिसले परिवर्तन भयो र भन्नुभयो: "हे आइशा! न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।" आइशाले भनिन्: "त्यसैले हामीले यसलाई काट्यौं र त्यसबाट एक वा दुईवटा तकिया बनायौं ।"
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు ไทย മലയാളം Српски Kinyarwanda Türkçe ಕನ್ನಡ Lietuvių Wolof ქართული Magyar Moore Українська Shqipالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आइशा (रजियल्लाहु अन्हा) को घरमा प्रवेश गर्नुभयो । उहाँले सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको मूर्ति भएको पर्दाले छोपेको देख्नु भयो । तब उहाँको अनुहारको रंग नै परिवर्तन भयो र अल्लाहको लागि रिस पोख्दै र त्यो पर्दालाई हटाउदै भन्नुभयो: न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो आफ्नो तस्बिर मार्फत अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् । आइशाले भनिन्: त्यसैले हामीले यसलाई (काटेर) एक वा दुईवटा तकिया बनायौं ।فوائد الحديث
मुनकर (गल्ती) देख्दा ढिलासुस्ती नगरी निन्दा गर्नु पर्छ, तर जब यसले ठूलो समस्या निम्ताउने डर छ भने त्यसो गर्नु हुँदैन ।
न्यायको दिन पापको गम्भीरता अनुसार दण्ड फरक-फरक हुनेछ ।
जीवित प्राणीको चित्र बनाउनु वा राख्नु ठूलो पाप हो ।
तस्वीर खिच्ने प्रतिबन्धको एउटा कारण भनेको तस्बिर मार्फत अल्लाहको सृष्टि कार्यमा तुलना गर्नु हो, चाहे त्यो चित्रकारको नियत होस् वा नहोस् ।
शरियतले निषेधित कुरालाई बेवास्ता गरेर त्यसमा खर्च हुने पैसा जोगाउन प्रेरित गर्दछ ।
जीवित प्राणीहरूको तस्वीरहरू निर्माण गर्न निषेध गरिएको छ, चाहे त्यो जुनसुकै रूपमा र पेशागत भए पनि ।
التصنيفات
ताैहीद रुबूबियत