إعدادات العرض
जसले वर्षैभरी व्रत बस्छ, उसले वास्तवमा उपवास नै बसेको मानिँदैन। महिनाको तीन दिन व्रत बस्नु भनेको पूरै वर्ष व्रत…
जसले वर्षैभरी व्रत बस्छ, उसले वास्तवमा उपवास नै बसेको मानिँदैन। महिनाको तीन दिन व्रत बस्नु भनेको पूरै वर्ष व्रत बस्नु सरह हो।
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँसग भन्नुभयो: "के तिमी संधै (वर्षैभरी) व्रत बस्छौ र रातभरी नमाज पढ्छौ?" मैले भने, "हो।" उहाँले भन्नुभयो, "यदि तिमीले यसो गर्यौ भने, तिम्रा आँखाहरू कमजोर हुनेछन् र तिम्रो शरीर (आत्मा) थाक्नेछ। जसले वर्षैभरी व्रत बस्छ, उसले वास्तवमा उपवास नै बसेको मानिँदैन। महिनाको तीन दिन व्रत बस्नु भनेको पूरै वर्ष व्रत बस्नु सरह हो।" मैले भने, "म यसभन्दा बढी गर्ने क्षमता राख्छु।" उहाँले भन्नुभयो, "त्यसोभए दाऊद (अलैयहिस्सलाम) को जस्तो व्रत बस्ने गर; उहाँ एक दिन व्रत बस्नुहुन्थ्यो र एक दिन छोड्नुहुन्थ्यो, र शत्रुको सामना हुँदा कहिल्यै भाग्नुहुन्नथ्यो।"
الترجمة
العربية Bosanski English Español فارسی Indonesia Русский Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Português සිංහල Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ বাংলা Malagasy Українська Tagalog ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolof Shqip Српски မြန်မာ தமிழ்الشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो कुरा थाहा भयो कि अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) वर्षभरि नै लगातार व्रत (रोजा) बस्ने गर्नुहुन्थ्यो र कहिल्यै व्रत छोड्नुहुन्नथ्यो, र रातभरि नमाज पढ्नुहुन्थ्यो अनि सुत्नुहुन्नथ्यो। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई त्यसो गर्नबाट रोक्नुभयो र भन्नुभयो: "व्रत पनि बस र व्रत छोड पनि (अर्थात् कुनै दिन बस, कुनै दिन नबस), र रातमा नमाज पनि पढ र सुत पनि।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाहलाई वर्षभरि लगातार व्रत बस्न र रातभरि नमाज पढ्नबाट रोक्नुभयो र भन्नुभयो: "यदि तिमीले यसो गर्यौ भने, तिम्रा आँखाहरू कमजोर र भित्र धस्सिएका हुनेछन् र तिम्रो शरीर थाक्नेछ तथा गल्नेछ। जसले वर्षभरि नै लगातार व्रत बस्छ, उसले व्रत बसेकै मानिँदैन।" किनभने, निषेध गरिएको कार्य गरेको हुनाले उसले व्रतको पुण्य पनि पाउँदैन र निरन्तर व्रत बसेको हुनाले खानुपर्ने खाना पनि खाँदैन। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई हरेक महिना तीन दिन व्रत बस्न मार्गदर्शन गर्नुभयो, जुन पूरै वर्ष व्रत बसे सरह हुन्छ; किनकि प्रत्येक राम्रो कामको पुण्य १० गुणा हुन्छ, र यो पुण्यको सबैभन्दा न्यूनतम वृद्धि हो। यो निर्देशन सुने पछि, अब्दुल्लाहले भन्नुभयो: मसँग यो भन्दा बढी गर्ने शक्ति छ। जवाफमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: त्यसो भए दाऊद (अलैहिस्सलाम) को जस्तै व्रत बस, जुन सबैभन्दा उत्तम उपवास हो। उहाँ एक दिन व्रत बस्नुहुन्थ्यो र एक दिन छोड्नुहुन्थ्यो, र शत्रुको सामना हुँदा कहिल्यै भाग्नुहुन्नथ्यो; किनभने उहाँको उपवास बस्ने तरिकाले उहाँको शरीर कमजोर हुँदैनथ्यो।فوائد الحديث
प्रत्येक महिनामा तीन दिन उपवास (व्रत) बस्नु भनेको पूरा वर्षभरि उपवास बस्नु जस्तै हो, किनभने पुण्यकर्मको प्रतिफल दश गुणा बढी दिइन्छ। यसरी तीनवटा उपवास तीस दिनको उपवास बराबर हुन्छ। त्यसैले जसले प्रत्येक महिनामा तीन दिन उपवास बस्छ, उसले वर्षभरि उपवास बसे सरह हुन्छ।
मानिसहरूलाई अल्लाहतर्फ आमन्त्रित गर्ने एउटा तरिका भनेको सत्कर्म गर्न प्रोत्साहित गर्नु र यसको प्रतिफल तथा त्यसमा दृढ रहँदा प्राप्त हुने पुण्य बारे उल्लेख गर्नु हो।
अल-खत्ताबीले भन्नुभएको छ: "अब्दुल्लाह बिन अम्रको घटनाको निष्कर्ष यो हो कि अल्लाहले आफ्ना भक्तहरूलाई विशेष रूपमा व्रत (रोजा) बस्ने मात्र आदेश दिनुभएको छैन, बरु उहाँलाई विभिन्न प्रकारका उपासनाहरूको दायित्व सुम्पिनुभएको छ। त्यसैले, यदि कुनै व्यक्तिले आफ्नो सम्पूर्ण शक्ति एउटै उपासनामा मात्र खर्च गर्छ भने, उसले अन्य उपासनामा कमी वा कमजोरी गर्नेछ। यसैले, व्रतमा सन्तुलित मार्ग अपनाउनु नै उत्तम हुन्छ, ताकि अन्य उपासनाहरूका लागि पनि केही शक्ति बाँकी रहोस्। यसतर्फ अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दाऊद (अलैहिस्सलाम) को बारेमा भन्नुभएको यस वाणीद्वारा संकेत गर्नुभएको छ: "जब उहाँ शत्रुसँग सामना गर्नुहुन्थ्यो, तब भाग्नुहुन्नथ्यो।" किनभने उहाँ जिहाद (धर्मयुद्ध) का लागि शक्ति संचय गर्न एक दिन बिराएर व्रत बस्नुहुन्थ्यो।"
उपासनामा अतिवाद गर्नु र ढोंग गर्नु निषेध छ; र सबैभन्दा उत्तम कार्य भनेको निष्ठापूर्वक सुन्नतको पालना गर्नु हो।
अधिकांश विद्वानहरूको मत अनुसार जीवनभर सधैँ व्रत (रोजा) बस्नु मकरूह (नापसन्द) हो; र यो त्यतिबेला हराम (वर्जित) हुन्छ, जब व्यक्तिले आफैँलाई धेरै कष्ट दिन्छ, आफ्नो शरीरलाई हानि पुर्याउँछ, आफैँमाथि कठोर जबरजस्ती गर्छ, आफ्ना नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतबाट विमुख हुन्छ र सुन्नतभन्दा अन्य तरिकालाई उत्कृष्ट ठान्दछ।
التصنيفات
नफ्ली वर्त