मृत्युलाई सेतो र कालो भेडा

मृत्युलाई सेतो र कालो भेडा

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मृत्युलाई न्यायको दिन भाले भेडाको रूपमा ल्याइनेछ, जसको रंग सेतो र कालो हुनेछ । त्यसपछि पुकारिनेछ: हे स्वर्गवासीहरू! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र हेर्नेछन् । उद्घोषकले तिनीहरूलाई सोध्नेछ: के तिमीहरूले यसलाई चिन्छौ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । सबैले (पहिले नै) त्यसलाई हेरेर चिनि सकेका थिए । त्यसपछि उद्घोषकले पुकार्नेछ : हे नरकवासीहरू हो ! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र हेर्नेछन् । उद्घोषकले सोध्नेछ: के तिमीहरूले यसलाई चिन्छौ ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । तिनीहरू सबैले (पहिले नै) त्यसलाई हेरेर चिनि सकेका थिए । त्यसपछि यो भेडालाई मारिनेछ र आवाज दिनेले भन्नेछन्– हे स्वर्गवासीहरू हो! अब तिमीहरू सधैंभरि बाँच्नेछौ, मृत्यु आउने छैन । हे नरकवासीहरु हो! अब तिमी सधैंभरि जीवित रहनेछौ र अब मर्ने छैनौ । मुमिन (विश्वासी) हरूले बढी आनन्द लिन सकुन् र काफिर (अविश्वासी) हरूले थप पीडा महसुस गर्न सकुन् भनेर यो घोषणा गरिनेछ । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत (श्लोक) पढ्नुभयो: {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरूअचेत अवस्थामा हुनेछन् र ईमान स्वीकार्ने छैनन् ।} [सूरह मर्यम : ३९] र न्यायको दिन, स्वर्गवासी र नर्कवासीहरूको बीच फैसला हुनेछ र प्रत्येक व्यक्ति आ-आफ्नो निवासमा जानेछ, जहाँ उनीहरू सधैं रहनेछन् । त्यस दिन, दुष्ट व्यक्तिलाई राम्रो काम नगरेकोमा र लापरवाह व्यक्तिलाई राम्रो काममा सक्रिय रूपमा सहभागी हुन नसकेकोमा सन्ताप एवं पछुतो हुनेछ ।

فوائد الحديث

परलोकमा मानिसको गन्तव्य अनन्तकालको लागि स्वर्ग वा नर्क हुनेछ ।

यसमा न्यायको दिनको त्रासबारे र त्यो दिन पीडा र पश्चात्तापको दिन हुनेछ भन्ने कुराको गम्भीर चेतावनी दिइएको छ ।

यस हदीसमा स्वर्गवासीहरू सधैं खुसी हुनेछन् र नर्कवासीहरू सधैं दुःखी हुनेछन् भन्ने कुराको वर्णन छ ।

التصنيفات

अन्तिम दिनमाथि ईमान, स्वर्ग र नर्कको वर्णन, आयतको व्याख्या