إعدادات العرض
तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर…
तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ?
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, अत्यन्त हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट आयतहरू अवतरण गर्नुभयो: "र, जसले अल्लाहका साथ अन्य कसैलाई उपास्य भन्दैनन' अल्लाहले वर्जित गरेका कुनै जीवको अनाहक हत्या गर्दनन, न व्यभिचार गर्छन्।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa తెలుగు Kiswahili پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം Bosanski ಕನ್ನಡ Kurdî Română Shqip Soomaali Српски Wolof Moore Українська Tagalog தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Македонски Русский bm አማርኛ Malagasy Oromoo ភាសាខ្មែរالشرح
धेरै हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आए र भने : तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि बोलाउदै हुनुहुन्छ त्यो राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? व्यक्तिले जतिसुकै र जति ठूला पाप गरे पनि यदि उसले सच्चा हृदयले पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप अवश्य स्वीकार गर्नुहुनेछ भनेर दुई आयतहरू अवतरण गरियो । यदि यसो नभएको भए मानिसहरूले अविश्वास र अवज्ञाको मार्गलाई निरन्तरता दिने थिए र इस्लामलाई स्वीकार गर्ने थिएनन् ।فوائد الحديث
इस्लामको सद्गुण र महानता; किनभने इस्लामले विगतका सबै पापहरू मेटाउँछ ।
अल्लाहको आफ्ना सेवकप्रति अपार कृपा, व्यापक दया र क्षमा ।
शिर्क, अनाहक हत्या र व्यभिचार निषेध गरिएको छ र यी अपराधहरूमा संलग्न हुनेहरूका लागि धेरै कडा चेतावनी छ ।
साँचो र निष्कपट पश्चात्ताप र त्यसपछि पुण्य कर्महरूले अल्लाहप्रति कुफ्र (अविश्वास) सहित सबै पापहरू मेटाउँछ ।
अल्लाहको दया र कृपाबाट निराश हुनु हराम हो ।