إعدادات العرض
हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ
हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । मानिसहरू दुई प्रकारका मात्र छन्: एक निष्ठावान, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa తెలుగు Kiswahili ไทย پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം Bosanski ಕನ್ನಡ Kurdî Oromoo Română Shqip Soomaali Српски Українська Wolof Moore Tagalog Malagasy தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Македонски Русский bmالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो र भन्नुभयो: हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको (इस्लाम पूर्व) अहंकार, घमण्ड र तिमीहरूका पुर्खाहरूमाथि घमण्ड गर्ने चलनलाई हटाइदिनुएको छ । अब त्यहाँ दुई प्रकारका मानिसहरू मात्र छन्: एक किसिमको धर्मी, पवित्र, आज्ञाकारी र अल्लाहको उपासना गर्ने मुमिन भक्त । यद्यपि ऊ मानिसहरूको नजरमा सम्मानित वा उच्च वंशको नहोला तर अल्लाहको नजरमा उत्कृष्ट उही हो । अर्को किसिम: दुष्ट र पापी काफिर (अविश्वासी) । मानिसहरूको नजरमा जतिसुकै प्रतिष्ठित र उच्च वंशको भएपनि अल्लाहको नजरमा तुच्छ र अपमानित हो । सम्पूर्ण मानिसहरू आदमका सन्तान हुन् र अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभएको हो, त्यसैले माटोबाट जन्मेको व्यक्तिले घमण्ड र अहंकार गर्नु हुँदैन । अल्लाहको वचनले यसलाई पुष्टि गर्दछ : "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]فوائد الحديث
हसब-नसब (वंश र गोत्र) मा गर्व गर्न निषेध ।