إعدادات العرض
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन्…
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्
अब्दुल्लाह बिन अबू औफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्, अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ मा शिअत मिन शैइन् बा'अदु।
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili ไทย پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda తెలుగు Bosanski ಕನ್ನಡ Kurdî മലയാളം Oromoo Română Soomaali Shqip Српски Українська Wolof Moore Português Tagalog தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Deutsch Русский አማርኛالشرح
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो टाउको उठाउनुहुन्थ्यो, तब उहाँले भन्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह् ।’ अर्थात् जसले अल्लाहको प्रशंसा गर्छ, अल्लाहले उसको प्रशंसा स्वीकार गर्नुहुन्छ र उसलाई इनाम दिनुहुन्छ । त्यसपछि निम्न शब्दहरूद्वारा अल्लाहको प्रशंसा गर्नुहुन्थ्यो: ‘अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ माशिअत मिन शैइन् बाअदु ।' अर्थात्, अल्लाहको प्रशंसा आकाश, पृथ्वी र तिनीहरू बीचमा जे छ त्यो बराबर छ र त्यसपछि अल्लाहले जे चाहनुहुन्छ ती सबै चीजहरूको विस्तार बराबर छ ।فوائد الحديث
रुकुअबाट टाउको उठाउँदा भन्नु पर्ने जिक्रको उल्लेख ।
रुकुअबाट उठेपछि एकदमै शान्तिपूर्ण तरिकाले सीधा उभिनु जरुरी छ । किनकि यो सम्पूर्ण जिक्र तब मात्र पढ्न सकिन्छ जब व्यक्ति पूर्ण शान्तिका साथ उभिएको हुन्छ ।
प्रत्येक नमाजमा यो जिक्र पढ्नुपर्छ, चाहे त्यो अनिवार्य होस् वा नफल ।