जुन कुनै पनि सुन वा चाँदीको मालिकले त्यसको हक पुरा गर्दैन, भने कयामतका दिनमा नरकको आगोमा उसको लागि आगोका पत्रहरू…

जुन कुनै पनि सुन वा चाँदीको मालिकले त्यसको हक पुरा गर्दैन, भने कयामतका दिनमा नरकको आगोमा उसको लागि आगोका पत्रहरू तताउनेछ,

हजरत अबू हुरैरह रजि.द्वारा वर्णन छ, उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलﷺले भन्नुभयो: "जुन कुनै पनि सुन वा चाँदीको मालिकले त्यसको हक पुरा गर्दैन, भने कयामतका दिनमा नरकको आगोमा उसको लागि आगोका पत्रहरू तताउनेछ, र उसको (दायाँ वा बायाँ )तिर, निधार र पिठ्युँमा दागिनेछ । जब ती सेलाउने छन् , तिनलाई फेरि तताइनेछ, यस्तो दिनमा जसको लम्बाइ पचास हजार वर्ष होला, यहाँसम्म कि भक्तहरू बीच फैसला भइ सक्ला, र उसले स्वर्ग वा नरकमा आफ्नो बाटो देख्नेछ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

अल्लाहका नबीﷺले विभिन्न प्रकारका माल र तिनमा जकात चुक्ता नगर्ने वालाका लागि कयामतका दिन मिल्ने वाला बदलाका बारेमा बताउनु भएको छ । जस्तै : सुन चाँदी र तिनको हुकुम लागु हुने अन्य माल व्यापारको मालमा यदि जकात अनिवार्य भयो र दिइएन भने कयामतका दिन तिनलाई पगालेर पत्र समान बनाइनेछ र ती पत्रहरूलाई नरकको आगोमा तताइने छ र त्यसका मालिकहरूको कोल्टे पर्नेपटि र निधार एवं पिठ्यूँमा डामिनेछ । ती सेलाए भने फेरि तताएर दागिनेछ । सजायको यो सिलसिला कयामतमा दिन दिन भरि जारी रहला र त्यो दिन पनि पचास हजार वर्षको होला । हुँदाहुँदा सारा सृष्टिहरू बीच फैसला भ्याइएला र यो निर्णय होला कि त्यसलाई स्वर्ग जानु छ वा नरक जानु छ ।

التصنيفات

आखिरतको जीवन, जकातको अनिवार्यता र यसलाई नतिर्नेहरूको हुकुम, वक्फ