إعدادات العرض
जिहादको सबैभन्दा ठूलो रूप भनेको अत्याचारी शासकको अगाडि न्यायको लागि बोल्नु हो ।
जिहादको सबैभन्दा ठूलो रूप भनेको अत्याचारी शासकको अगाडि न्यायको लागि बोल्नु हो ।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जिहादको सबैभन्दा ठूलो रूप भनेको अत्याचारी शासकको अगाडि न्यायको लागि बोल्नु हो ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල አማርኛ অসমীয়া ગુજરાતી Tiếng Việt دری Nederlands پښتو ไทย Svenska മലയാളം Oromoo Кыргызча Română తెలుగు Lietuvių Malagasy ಕನ್ನಡ Српскиالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक क्रूर र दमनकारी शासक वा हाकिमको अगाडि न्याय र सत्य बोल्नु भनेको अल्लाहको मार्गमा जिहाद गर्ने सबैभन्दा ठूलो र लाभदायक जिहाद मध्ये एक हो । किनभने यसमा पुण्य कर्मको उपदेश दिने र नराम्रो कामबाट रोक्ने अनुष्ठानको अभ्यास हो, चाहे त्यो वचनद्वारा होस्, कलमद्वारा होस्, कर्मद्वारा होस् वा अन्य जुनसुकै तरिकाले होस्, जसबाट लाभ प्राप्त होस् र दुष्टताबाट बच्न सकोस् भनेर व्याख्या गर्नुभयो ।فوائد الحديث
पुण्य कर्म को उपदेश दिनु र नराम्रो कामबाट रोक्नु पनि जिहाद हो ।
शासकलाई सल्लाह दिनु जिहादको सबैभन्दा ठूलो प्रकार हो, तर यो ज्ञान, बुद्धि र दृढताका साथ गर्नुपर्छ ।
अल-खत्ताबी भन्छन्: यो सबैभन्दा राम्रो जिहाद हो; किनभने शत्रुसँग लड्दा हार वा जितको आशा र डर दुवै हुन्छ, तर शासकको अगाडि न्याय र सत्य बोल्नु, पुण्य कर्मको उपदेश दिनु र नराम्रो कामबाट मनाही गर्नु भनेको आफैंलाई बर्बादी र मृत्युको मुखमा धकेल्नु हो । त्यसैले डरको प्रभुत्वले गर्दा यसलाई उत्कृष्ट जिहाद भनिएको हो । अर्को तर्क के छ भने यदि शासकले उसको उपदेशलाई स्वीकार गर्यो भने ठूलो संख्यामा मानिसहरूको उद्धार हुन सक्छ र उसको उद्देश्य पुरा हुन्छ, त्यसैले यसलाई उत्कृष्ट जिहाद भनिएको हो ।