तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा…

तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।

अबू-कतादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही शिष्टाचारहरू बारे बताउनुभएको छ; पिसाब गर्दा दाहिने हातले गुप्ताङ्ग समात्न र दाहिने हातले (शौचपछि) मलद्वार वा मूत्रमार्ग सफा गर्न निषेध गरिएको छ, किनभने दाहिने हातलाई सम्मानजनक र पवित्र कामहरूका लागि बनाइएको छ। त्यसैगरी, मानिसले जुन भाँडोबाट पानी आदि पिउँछ, सोही भाँडोभित्र सास फेर्न पनि निषेध गरिएको छ।

فوائد الحديث

शिष्टाचार र सरसफाईको विषयमा इस्लाम धर्मको नियम सर्वश्रेष्ठ छ।

फोहोर-मैला वस्तुहरूबाट टाढा रहनु अनिवार्य छ, र यदि बाध्यतावश तिनलाई छुनुपरेमा, बायाँ हातको मात्र प्रयोग गर्नुपर्छ।

यस हदीसमा दाहिने हातको विशेष मान र बायाँ हातमाथिको त्यसको श्रेष्ठतालाई स्पष्ट पारिएको छ।

यसबाट इस्लामिक शरियत (विधिविधान) को परिपूर्णता र यसका शिक्षाहरूको व्यापकता स्पष्ट हुन्छ।

التصنيفات

खाने र पिउने शिष्टाचार, शौचालयका शिष्टाचारहरू