असल साथी र नराम्रो साथीको उदाहरण अत्तर बिक्रेता र आगोको भट्टीमा फुक्ने लोहार जस्तै हो ।

असल साथी र नराम्रो साथीको उदाहरण अत्तर बिक्रेता र आगोको भट्टीमा फुक्ने लोहार जस्तै हो ।

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "असल साथी र नराम्रो साथीको उदाहरण अत्तर बिक्रेता र आगोको भट्टीमा फुक्ने लोहार जस्तै हो । अत्तर बिक्रेताले तपाईंलाई अत्तर उपहार दिनेछ वा तपाईंले किन्नुहुन्छ वा (कम्तीमा) तपाईंलाई मिठो बासना आउँछ, जबकि भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउनेछ वा (कम्तीमा) तपाईंलाई नराम्रो गन्ध आउनेछ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई प्रकारका मानिसहरूको उदाहरण दिनुभएको छ : पहिलो प्रकारः इमान्दार र धर्मी साथी, जसले अल्लाहको उपासना गर्न र उहाँलाई मनपर्ने कुराको मार्गदर्शन गर्दछ र असल काम गर्न मद्दत गर्दछ । यसको उदाहरण अत्तर बिक्रेता जस्तै हो । कि त उसले तपाईंलाई उपहार दिनेछ वा तपाईंले किन्नुहुन्छ वा कम्तीमा उसको मिठो बासनाले तपाईंको आत्मालाई सुगन्धित तुल्याउनेछ । दोस्रो प्रकारः नराम्रो र खराब मित्र; जसले अल्लाहको बाटोबाट रोक्छ, पाप काममा सहयोग गर्छ, हरेक नराम्रो काममा संलग्न हुन्छ र उसले गर्दा उसका सबै साथीहरु लज्जित हुन्छन् । यस्तो साथीको उदाहरण भट्टीमा फुक्ने लोहार जस्तै हो; त्‍यसबाट उडिरहेको झिल्काले तपाईंको लुगा जलाउनेछ वा भट्टीको दुर्गन्धले आत्मालाई दुर्गन्धित तुल्याउनेछ ।

فوائد الحديث

श्रोताहरूलाई केही बुझाउनको लागि उदाहरण दिन अनुमति छ ।

असल र धर्मी मानिसहरूसँग संगत गर्न र भ्रष्ट तथा खराब नैतिकता भएका मानिसहरूबाट टाढा रहन प्रोत्साहन ।

التصنيفات

असल मान्छेहरुको अवस्था, पापको निन्दा