إعدادات العرض
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । त्यसैले उहाँले भन्नुभयो: "दाहिने…
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । त्यसैले उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ
सलमह बिन अक्वह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । त्यसैले उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ ।" वास्तवमा, अहंकारले उसलाई त्यसो गर्नबाट रोकियो । हदीस बयान गर्नेले भने: त्यसपछि उसले कहिल्यै आफ्नो हात आफ्नो मुखमा ल्याउन सकेन ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە ไทย پښتو অসমীয়া دری Кыргызча or Tiếng Việt Malagasy Kinyarwanda తెలుగు Lietuvių Oromoo Română മലയാളം Nederlands Soomaali Српски Українська Deutsch ಕನ್ನಡ Wolof Moore Shqip ქართული Azərbaycan Magyarالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई आफ्नो देब्रे हातले खाना खाइरहेको देख्नुभयो र उसलाई दाहिने हातले खाना खान भन्नुभयो । तर अहङ्कारका कारण उनले त्यसो गर्न नसक्ने झूट बोले । तसर्थ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसले कहिल्यै पनि आफ्नो दाहिने हातले खान सक्दैन भन्नुभयो । अल्लाहले आफ्नो नबीको दुआ स्वीकार गर्नुभयो र उनको दाहिने हात बेकार भयो । त्यो व्यक्तिले फेरि कहिल्यै खान वा पिउन आफ्नो हात मुखमा ल्याउन सकेनन् ।فوائد الحديث
दाहिने हातले खानु वाजिब र देब्रे हातले खानु हराम हो ।
शरियतका आदेशहरू पालन नगर्ने अहंकारले व्यक्तिलाई सजायको हकदार बनाउँछ ।
अल्लाहले आफ्नो पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को दुआ स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको लागि एक सम्मान थियो ।
पुण्य कर्मको आदेश दिने र नराम्रो कामबाट रोक्ने काम हरेक अवस्थामा गर्नुपर्छ, खाना खाँदा पनि ।
التصنيفات
खाने र पिउने शिष्टाचार