जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले जिहाद गर्यो र जसले…

जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले जिहाद गर्यो र जसले युद्ध गर्न जाने व्यक्तिको परिवारको राम्रो हेरचाह गर्छ, उसले जिहाद गर्यो ।

जैद बिन खालिद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले जिहाद गर्यो र जसले युद्ध गर्न जाने व्यक्तिको परिवारको राम्रो हेरचाह गर्छ, उसले जिहाद गर्यो ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई आवश्यक हतियार, युद्ध उपकरणहरू, सवारी साधन, खानपिन र अन्य चीजहरू उपलब्ध गराएर तयार गर्छ; ऊ पनि मुजाहिद जस्तै हो र उसले युद्ध गरेको पुण्य पाउँछ । जसले जिहाद गर्ने व्यक्तिको जिम्मेवारी लिन्छ र उसको अनुपस्थितिमा उसको घरपरिवारको राम्रोसँग हेरचाह गर्छ भने ऊ पनि मुजाहिद जस्तै हो ।

فوائد الحديث

पुण्य कर्ममा सहयोग गर्न मुस्लिम समुदायलाई आग्रह ।

इब्ने हजरले भने: यस हदीसमा मुस्लिमहरूको लागि राम्रो काम गर्नेहरू वा तिनीहरूको जिम्मेवारी निर्वाह गर्नेहरूप्रति दयालु हुन प्रोत्साहन गरिएको छ ।

सामान्य नियम: जसले कसैलाई अल्लाहको आज्ञाकारितामा मद्दत गर्दछ उसलाई पनि गर्ने व्यक्ति झैं पुण्य प्राप्त हुन्छ, तर गर्ने व्यक्तिको इनाममा अलिकति पनि कमी गरिदैन ।

التصنيفات

जिहादको पुण्य