إعدادات العرض
यदि उसले सत्य बोलेको हो भने सफल हुनेछ ।
यदि उसले सत्य बोलेको हो भने सफल हुनेछ ।
तलहा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, ‘नजद’ बाट एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो । उसको कपाल बिग्रेको थियो । हामीले उसको स्वर सुनिरहेका थियौं, तर उ के भन्दै थियो बुझ्न सकेनौं? यहाँसम्म ऊ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक आयो र इस्लामको बारेमा सोध्यो । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "दिन रातमा पाँच नमाजहरू पढ्नु ।" उसले भन्यो: यो बाहेक अरु केही अनिवार्य छ? उहाँले भन्नुभयो: "छैन, तर नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ ।" त्यस्तै "रमजानको रोजाहरू राख्नु ।" उसले भन्यो: यो बाहेक अरु केही अनिवार्य छ? उहाँले भन्नुभयो: "छैन, तर नफल (अतिरिक्त) रोजाहरू राख्न सक्छौ ।" त्यसपछि उहाँले जकातको बारेमा भन्नुभयो । उसले भन्यो: यो बाहेक अरु केही अनिवार्य छ? उहाँले भन्नुभयो: "छैन, तर अतिरिक्त दान दिन सक्छौ ।" त्यसपछि त्यो मानिस यसो भन्दै फर्कियो: “अल्लाहको कसम, म यसमा न केही थप्ने छु, न केही घटाउनेछु ।” यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि उसले सत्य बोलेको हो भने सफल हुनेछ ।"
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Kurdî Kiswahili Português සිංහල دری অসমীয়া ไทย Tiếng Việt አማርኛ Svenska Yorùbá Кыргызча ગુજરાતી Hausa Română മലയാളം Nederlands Oromoo Soomaali తెలుగు پښتو Kinyarwanda Malagasy ಕನ್ನಡ Српски Moore ქართულიالشرح
‘नजद’ बाट एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, उसको कपाल फुर्किएको थियो र उसको आवाज चर्को भएकोले उसले भनिरहेको कुरा बुझ्न गार्हो थियो । यहाँसम्म ऊ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक आयो र इस्लामको फर्जको बारेमा सोध्यो ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज बाट शुरु गर्नु भयो र अल्लाहले दिन रातमा पाँच नमाजहरू अनिवार्य गर्नुभएको कुरा बताउनुभयो । उसले भन्यो: के मैले यी पाँच नमाज बाहेक अरू कुनै नमाजहरू पढ्न आवश्यक छ? उहाँले भन्नुभयो: "छैन, तर नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ ।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: अल्लाहले तिमीमाथि अनिवार्य गर्नुभएको चीजहरू मध्ये रमजान महिनाको रोजा राख्नु हो । भन्यो: के मैले रमजानको रोजा बाहेक अरु कुनै रोजा राख्नु पर्छ? उहाँले भन्नुभयो: छैन, तर नफल (अतिरिक्त) रोजाहरू राख्न सक्छौ । त्यसपछि उहाँले जकातको बारेमा भन्नुभयो । भन्यो: के मैले अनिवार्य जकात पछि कुनै दान गर्नु पर्छ? उहाँले भन्नुभयो: छैन, तर अतिरिक्त दान दिन सक्छौ । उसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यी अनिवार्य कुराहरु सुनेपछि पछाडि फर्कियो र अल्लाहको कसम खाएर भन्यो : म यसमा केही थपघट नगरी पालना गर्नेछु । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: यदि कसम खाएको कुरा सत्य हो भने, ऊ सफल हुनेछ ।فوائد الحديث
इस्लामिक कानूनको सहिष्णुता र जिम्मेवार व्यक्तिहरूका लागि सहजता ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उत्कृष्ट आचरण, उहाँले उस्लाई आफू नजिक आउन र प्रश्नहरू सोध्न मौका दिनुभयो ।
पहिले सबैभन्दा महत्त्वपूर्ण कुरा र त्यसपछि अरू महत्वपूर्ण कुराबाट आह्वान शुरु गर्नुपर्छ ।
इस्लाम आस्था र कर्म दुवैको नाम हो, आस्था बिना कुनै काम उपयोगी छैन र कर्म बिना कुनै आस्था उपयोगी छैन ।
यी कार्यहरूको महत्त्व र तिनीहरू इस्लामका स्तम्भहरू हुन् ।
जुमाको नमाज (शुक्रबारको) पाँच अनिवार्य नमाजहरूमा समावेश छ; किनकि जुन व्यक्तिमाथि जुमाको नमाज अनिवार्य छ, उसले त्यो दिन जुहरको नमाज पढ्नु पर्दैन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ‘तौहीद’ पछि इस्लामको सबै भन्दा महत्वपूर्ण कुरा; नमाजबाट आफ्नो शिक्षा सुरु गर्नुभयो; किनभने उनी मुस्लिम थिए । अर्को कुरा उहाँले हजको बारेमा केही भन्नुभएन; किनकि यो हज फर्ज हुनु अघिको कुरा हो वा यसको समय आएको थिएन ।
यदि कसैले अनिवार्य कुराहरू मात्र पुरा गर्छ भने ऊ सफल हुनेछ, तर यसको मतलब सुन्नत (अतिरिक्त) लाई बेवास्ता गर्ने कदापी होइन; किनभने स्वैच्छिक उपासनाले कयामतको दिन अनिवार्य उपासनाहरू पूरा गरिनेछ ।
التصنيفات
इस्लाम