जसले कुनै खाँचोमा परेको ऋणीलाई समय दिन्छ वा उसको ऋणलाई माफ गर्छ, अल्लाहले उसलाई कयामतको दिन आफ्नो अर्श (सिंहासन)…

जसले कुनै खाँचोमा परेको ऋणीलाई समय दिन्छ वा उसको ऋणलाई माफ गर्छ, अल्लाहले उसलाई कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा राख्नुहुनेछ, जुन दिन उसको छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभ यो : "जसले कुनै खाँचोमा परेको ऋणीलाई समय दिन्छ वा उसको ऋणलाई माफ गर्छ, अल्लाहले उसलाई कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा राख्नुहुनेछ, जुन दिन उसको छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।"

[सही] [तिर्मीजीले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : जसले कुनै ऋणीलाई राहत दिन्छ वा ऋणको केही अंश माफ गर्छ, अल्लाहले त्यसलाई न्यायको दिनमा आफ्नो सिंहासनको छायाँमा स्थान दिनुहुनेछ, जुन दिन सूर्य उपासकहरूको टाउको नजिक आउनेछ र गर्मी धेरै कडा हुनेछ । त्यस दिन अल्लाहले जसलाई छायाँ प्रदान गर्नुहुन्छ, त्यसलाई मात्रै छायाँ प्राप्त हुनेछ ।

فوائد الحديث

अल्लाहका सेवकहरूलाई राहत दिने पुण्य र यो कार्य न्यायको दिनको त्रासबाट छुटकारा पाउने कारणहरू मध्ये एक हो ।

मानिसलाई उसको कर्मको प्रकृति अनुसार पुरस्कृत गरिन्छ ।

التصنيفات

आखिरतको जीवन