हरेक सूर्य उदाउने दिन मानिसको प्रत्येक जोर्नीमा सद्का (दान) छ

हरेक सूर्य उदाउने दिन मानिसको प्रत्येक जोर्नीमा सद्का (दान) छ

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हरेक सूर्य उदाउने दिन मानिसको प्रत्येक जोर्नीमा सद्का (दान) छ । दुई व्यक्तिको बीचमा न्याय गर्नु सद्का हो । कसैलाई उसको जनावर (सवारी) माथि चढाउन मद्दत गर्नु वा त्यसमाथि समान बोक्न सहयोग गर्नु परोपकार हो । राम्रो कुरा परोपकार हो । सलाह पढ्न प्रत्येक पाइला चाल्नु सदका हो र सडकबाट हानिकारक चीजहरू हटाउनु पनि परोपकार हो ।”

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्याख्या गर्नुभएको छ, प्रत्येक मुस्लिमले प्रत्येक दिन आफ्नो हड्डीको हरेक जोर्नीप्रति अल्लाहले गर्नुभएको उपकार र कल्याणका लागि धन्यवाद दिनुपर्छ । उहाँले मानिसको हड्डीमा जोर्नीहरू बनाउनुभएको छ, जसले गर्दा ऊ त्यसलाई संकुचित गर्न र फैलाउन सक्षम छ । सद्का (परोपकार) सबै असल कामहरूद्वारा गरिन्छ, त्यो पैसामा मात्र निर्भर छैन, जस्तैः दुई झगडा गर्नेहरू बीच न्याय र मेलमिलाप गर्नु दान हो । आफ्नो जनावर (सवारी) माथि बस्न नसक्नेलाई सवारीमाथि चढाउन मद्दत गर्नु वा समान लाद्न सहयोग गर्नु परोपकार हो । जिक्र, दुआ र सलाम जस्ता राम्रो कुरा परोपकार हो । सलाह पढ्न तपाईंले चाल्नु भएको प्रत्येक पाइला सदका हो । बाटोघाटोबाट हानिकारक चीजहरू हटाउनु परोपकार हो ।

فوائد الحديث

मानव हड्डीहरूको संरचना र अखण्डता अल्लाहको सबैभन्दा ठूलो वरदान हो, त्यसैले प्रत्येक हड्डीप्रति दान दिन आवश्यक छ, ताकि उहाँको आशीर्वादको हक अदा गर्न सकियोस् ।

यी आशिषहरूको निरन्तरताका लागि हरेक दिन कृतज्ञता नवीकरण गर्न प्रोत्साहन ।

हरेक दिन नफल (अतिरिक्त सलाह) पढ्न र स्वैच्छिक दान दिन प्रोत्साहन ।

मानिसहरू माझ न्याय र मेलमिलाप गर्नुको सद्गुण ।

एक व्यक्तले आफ्नो भाइलाई मद्दत गर्न आग्रह; किनभने उसलाई सहयोग गर्नु सद्का हो ।

मस्जिदहरूमा जमातका साथ सलाह पढ्न पाइला चाल्न प्रोत्साहित ।

मुस्लिमहरूको बाटोलाई सम्मान गर्न आवश्यक छ, त्यसैले उनीहरूलाई हानि पुऱ्याउने कुनै पनि कुरा बाटोमा फाल्नु हुँदैन ।

التصنيفات

इस्लामको सद्गुण र विशेषताहरु