जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसका पापहरू पखालिनेछन्, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।

जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसका पापहरू पखालिनेछन्, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसका पापहरू पखालिनेछन्, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले दिन र रातमा सय पटक 'सुब्हानल्लाहि व बिहम्दिहि' भन्छ भने उसका पापहरू पखालिनेछन् र क्ष्मा गरिनेछन, चाहे त्यो समुद्रमा छालको समयमा देखा पर्ने सेतो फिज बराबर भए पनि ।

فوائد الحديث

यो इनाम लगातार वा अन्तरालमा (बीच-बीचमा) पढ्ने दुवैलाई प्राप्त हुनेछ ।

तस्बीहको अर्थ: अल्लाहलाई सबै दोषहरूबाट मुक्त मान्नु र हम्द (प्रशंसा) भनेको उहाँलाई प्रेम र सम्मानका साथ हरेक हिसाबले परिपूर्ण मान्नु ।

यस हदीसमा पापहरूको क्षमा भनेको साना पापहरूको क्षमा हो । ठूला पापहरूका लागि तौबा (पश्चात्ताप) आवश्यक छ ।

التصنيفات

जिक्रका सद्गुणहरू