तिमीहरूमध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसले कुरआन आफैं सिक्छ र अरूलाई सिकाउँछ ।

तिमीहरूमध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसले कुरआन आफैं सिक्छ र अरूलाई सिकाउँछ ।

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसले कुरआन आफैं सिक्छ र अरूलाई सिकाउँछ ।"

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहको नजरमा सबैभन्दा उत्कृष्ट मुस्लिम त्यो हो जसले कुर्आन सिक्यो, अर्थात् यसको तिलावत (पाठ) सिक्यो, यसलाई कण्ठ गर्यो, राम्रोसँग पढ्न सिक्यो र यसको अर्थ, व्याख्या र आशा अभिलाषा सिक्यो र साथै आफूसँग भएको कुर्आनको ज्ञानको अभ्यास गर्दै अरूलाई पनि सिकायो ।

فوائد الحديث

कुर्आनको महत्त्व र यो सबैभन्दा उत्कृष्ट वाणी हो; किनभने यो अल्लाहको कलाम (वचन) हो ।

सबै भन्दा राम्रो शिक्षक त्यो हो जसले अरूलाई सिकाउँछ र ज्ञानलाई आफुमा सीमित राख्दैन ।

कुर्आन सिक्ने र सिकाउनुमा यसको पठन, अर्थ, आदेश र निर्देशनहरू

सबै समावेश छन् ।

التصنيفات

कुर्आनमा ध्यान दिनुको सद्गुण