तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी …

तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिम तब मात्र पूर्ण मुमिन हुन सक्छ जब उसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेमलाई आफ्नो आमा, बुबा, छोरा, छोरी र अन्य सबै मानिसहरूको प्रेम भन्दा अगाडि राख्छ । यो प्रेम उहाँको अनुसरण, पालना, समर्थन र उहाँको अवज्ञाबाट टाढा रहेर प्राप्त हुन्छ ।

فوائد الحديث

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्नु अनिवार्य छ र उहाँको प्रेमलाई अन्य सम्पूर्ण प्राणीहरूको प्रेम भन्दा माथि राख्नु पर्छ ।

उहाँसँगको असल र पूर्ण प्रेमको पहिचान भनेको सुन्नतको समर्थन गर्नु र आफ्नो जीउधनको बलिदान दिनु ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेम भनेको उहाँका आदेशहरूको पालना गर्नु, उहाँले खबर दिनुभएको कुराको पुष्टि गर्नु, उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहनु, उहाँलाई पछ्याउनु र बिदअतहरूबाट जोगिनु आवश्यक छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अधिकार सबै मानिसहरूको अधिकार भन्दा ठूलो र महत्त्वपूर्ण छ । किनकि उहाँ नै इस्लाम प्राप्ति, नर्कबाट मुक्ति र स्वर्गमा प्रवेश गर्ने माध्यम हुन् ।

التصنيفات

हृदयका कार्यहरू