إعدادات العرض
तिमीहरु तागूत (अल्लाह बाहेक अन्य असत्य कुराहरू) को कसम नखाऊ न त आफ्ना पुर्खाहरूको ।
तिमीहरु तागूत (अल्लाह बाहेक अन्य असत्य कुराहरू) को कसम नखाऊ न त आफ्ना पुर्खाहरूको ।
अब्दुर रहमान बिन समुरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरु तागूत (अल्लाह बाहेक अन्य असत्य कुराहरू) को कसम नखाऊ न त आफ्ना पुर्खाहरूको ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português සිංහල অসমীয়া Kiswahili ગુજરાતી Tiếng Việt Nederlands Hausa پښتو മലയാളം Кыргызча Română Svenska Српски తెలుగు ქართული Moore Magyar Македонски Čeština Українська Azərbaycan Kinyarwanda Malagasy Wolof ไทย मराठी ਪੰਜਾਬੀ دری አማርኛ ភាសាខ្មែរ Lietuvių Deutsch ಕನ್ನಡ Oromoo Shqip தமிழ்الشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ‘तागूत’ को कसम खान निषेध गर्नुभएको छ। ‘तागूत’ शब्द ‘तागीयह’ को बहुवचन हो, जसले ती मूर्तिहरू र लाई जनाउँछ जसको उपासना बहुदेववादीहरूले अल्लाहबाहेक गर्ने गर्दथे। यिनै मूर्तिहरू उनीहरूले गर्ने सीमा उल्लङ्घन र कुफ्र (अविश्वास) को कारण थिए। त्यसैगरी, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुर्खाहरूको नाममा कसम खान निषेध गर्नुभएको छ; किनकि जाहिलियत (इस्लामपूर्वको अज्ञानता) को युगमा अरबहरूमा आफ्ना पुर्खाहरूको नाममा गर्व र श्रद्धापूर्वक शपथ लिने चलन थियो।فوائد الحديث
अल्लाह, उहाँका नामहरू र उहाँका गुणहरू बाहेक अन्य कुराको कसम खानु जायज छैन।
अल्लाह बाहेक अरू कसैको, पुर्खा, मान्य प्रतिष्ठित व्यक्ति, मूर्तिहरू वा अन्य कसैको नाममा कसम खान निषेध (वर्जित) गरिएको छ।
अल्लाहबाहेक अन्य कुनै वस्तुको कसम खानु ‘सानो शिर्क’ हो। तर यदि कसम खाइने व्यक्ति वा वस्तुप्रति हृदयमा अल्लाह सरहको सम्मान वा महिमा राखिन्छ, अथवा त्यो व्यक्ति वा वस्तु उपासनाको कुनै अंशको हकदार हो भन्ने विश्वास गरिन्छ भने, त्यस्तो कार्य ‘ठूलो शिर्क’ को श्रेणीमा पर्दछ।
التصنيفات
ताैहीद उलूहियत