إعدادات العرض
तिमीहरु तागूत (गैर-अल्लाह) को कसम नखाऊ न त आफ्ना पुर्खाको ।
तिमीहरु तागूत (गैर-अल्लाह) को कसम नखाऊ न त आफ्ना पुर्खाको ।
अब्दुर रहमान बिन समुरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरु तागूत (गैर-अल्लाह) को कसम नखाऊ न त आफ्ना पुर्खाको ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português සිංහල অসমীয়া Kiswahili ગુજરાતી Tiếng Việt Nederlands Hausa پښتو ไทย മലയാളം Кыргызча Română Svenska Српски తెలుగు ქართული Moore Magyar Македонски Čeština Українська Azərbaycanالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तागूतहरूको कसम खान निषेध गर्नुभएको छ । ‘तागूत’ 'तागीयह' शब्दको बहुवचन हो र यसको अर्थ ती मूर्तिहरू हुन् जुन बहुदेववादीहरूले अल्लाहको सट्टामा उपासना गर्थे र यो नै तिनीहरूको कुफ्र (अविश्वास) को कारण थियो । त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना पुर्खाको कसम खान निषेध गर्नुभएको छ; किनभने जाहिलियत (इस्लाम पूर्व) कालमा अरबहरूले गर्व र श्रद्धाका साथ आफ्ना पुर्खाहरूको शपथ लिने चलन थियो ।فوائد الحديث
अल्लाहका नाम र गुणहरू बाहेक अरु कसैको नाममा कसम खानु जायज छैन ।
गैरुल्लाह, पुर्खा, ठूलाबडा, मूर्तिहरू र अन्य कसैको कसम खान निषेध गरिएको छ ।
गैरुल्लाहको कसम खानु सानो शिर्क हो, तर यदि कसैले कसम खाएको व्यक्तिलाई अल्लाह झैं सम्मान गर्छ वा अल्लाहको उपासना गरे जस्तै पूजा गर्दछ वा उसलाई पुज्य ठान्छ भने यो ठूलो शिर्क हुन सक्छ ।
التصنيفات
ताैहीद उलूहियत