إعدادات العرض
जब रमजान आउँछ, तिमीले उमराह गर्नु पर्छ । किनभने रमजानमा उमरह गर्नु हज बराबर हो ।
जब रमजान आउँछ, तिमीले उमराह गर्नु पर्छ । किनभने रमजानमा उमरह गर्नु हज बराबर हो ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिलालाई सोध्नुभयो, (हदीस बयान गर्ने (रावी) ले भने) अब्दुल्लाह बिन अब्बासले उनको नाम भनेका थिए, तर मैले बिर्से: "तिमीलाई हामीसँग हज गर्नबाट के रोकियो?" उनले जवाफ दिइन्: हामीसँग दुईवटा ऊँट मात्र थिए । एउटामा मेरो श्रीमान र छोरा सवार भएर हज गरे र अर्को ऊँटलाई पानी ल्याउनको लागि छोडियो । यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब रमजान आउँछ, तिमीले उमराह गर्नु पर्छ । किनभने रमजानमा उमरह गर्नु हज बराबर हो ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt ئۇيغۇرچە Hausa Kurdî മലയാളം Kiswahili Português සිංහල دری Svenska አማርኛ অসমীয়া ไทย Yorùbá Кыргызча ગુજરાતી Malagasy Oromoo Română Nederlands Soomaali پښتو తెలుగు Kinyarwanda ಕನ್ನಡ Српски Wolof Moore Lietuvių ქართული Українськаالشرح
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) हज्ज्तुल-वदाअ (विदाई हज) बाट फर्कनुभयो, उहाँले आफूसँग हज नगर्ने एक अन्सारी महिलालाई भन्नुभयो: तपाईलाई हामीसँग हज गर्नबाट कुन कुराले रोक्यो? उनले स्पष्टीकरण दिदै जवाफ दिइन्: हामीसँग दुईवटा ऊँट मात्र थिए । एउटामा मेरो श्रीमान र छोरा सवार भएर हज गरे र अर्को ऊँटलाई कुवाबाट पानी लिन घरमै छाडिएको थियो । तसर्थ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई रमजानमा उमराह गर्न भन्नुभयो; किनभने रमजानमा उमरह गर्नु हज बराबर हो ।فوائد الحديث
रमजान महिनामा उमराहको सद्गुण ।
रमजानको महिनामा उमराह गर्दा हज बराबर सवाब (पुण्य) मिल्छ । तर यसको अर्थ तपाईंमाथि हज फर्ज छ भने त्यो पुरा भयो भनेर कदापी होइन ।
समयको श्रेष्ठताले गर्दा कर्मको प्रतिफल र इनाम पनि बढ्छ । यसको उदाहरण रमजान महिनामा गरिने कर्म हो ।
التصنيفات
हज र उमराहको सद्गुण