अल्लाहले तिमीहरूलाई आफ्ना पिता-पुर्खाहरूको कसम खानबाट मनाही गर्नुहुन्छ

अल्लाहले तिमीहरूलाई आफ्ना पिता-पुर्खाहरूको कसम खानबाट मनाही गर्नुहुन्छ

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले तिमीहरूलाई आफ्ना पिता-पुर्खाहरूको कसम खानबाट मनाही गर्नुहुन्छ ।" उमर (रजियाल्लाहु अनहु) ले भने: अल्लाहको कसम! जुन दिनदेखि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो हदीस सुनेको छु, पुर्खाहरूको कहिल्यै कसम खाएको छैन । नत जानाजानी न त कसैको शपथ नक्कल गरेर ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, अल्लाहले आफ्नो पुर्खाहरूको कसम खान निषेध गर्नुभएको छ । तसर्थ, जो कसम खान चाहन्छ, उसले अल्लाहको मात्र कसम खाओस् र उहाँबाहेक अरू कसैको कसम नखाओस् । त्यसपछि उमर (रजियाल्लाहु अनहु) ले भने: अल्लाहको कसम! जुन दिनदेखि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट आफ्ना पुर्खाहरूको कसम खान निषेध गरेको सुने, मैले पुर्खाहरूको कहिल्यै कसम खाएको छैन । नत जानाजानी न त कसैको शपथ नक्कल गरेर ।

فوائد الحديث

अल्लाह बाहेक अरू कसैको कसम खानु हराम हो । इस्लाम पूर्व पुर्खाहरूको कसम खानु सामान्य चलन भएकोले यहाँ पुर्खाहरू उल्लेख गरिएको छ ।

अरबी शब्द "अल-हलिफ" को अर्थ अल्लाह, उहाँको नाम वा विशेषताहरूद्वारा कुनै कुरा पुष्टि गर्न कसम खानु हो ।

उमर (रजियल्लाहु अन्हु) को सद्गुण, उनले तुरुन्तै उहाँको आदेशको पालना गरे, शरीयतको रहस्य राम्ररी बुझे र उनको धार्मिकता अतुलनीय थियो ।

التصنيفات

ताैहीद उलूहियत