जब कुकुरले तिमीहरूमध्ये कसैको भाँडोबाट (केही) पिउँछ, उसले त्यो भाँडोलाई सात पटक धुनुपर्छ ।

जब कुकुरले तिमीहरूमध्ये कसैको भाँडोबाट (केही) पिउँछ, उसले त्यो भाँडोलाई सात पटक धुनुपर्छ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब कुकुरले तिमीहरूमध्ये कसैको भाँडोबाट (केही) पिउँछ, उसले त्यो भाँडोलाई सात पटक धुनुपर्छ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

यदि कुकुरले कुनै भाँडो मा आफ्नो मुख (जिब्रो) हाल्यो भने त्यो भाँडोलाई सात पटक धुनुपर्छ भनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ । पहिलो पटक माटोले धुनुपर्छ, ताकि पछि पानीले धुँदा भाँडो पूर्णतया सफा होस् र त्यसमा कुनै फोहोर र हानिकारक चीजहरू बाँकी नरहोस् ।

فوائد الحديث

कुकुरको लार एकदम नजिस (अशुद्ध) हुन्छ ।

कुकुरले भाँडो चाट्दा त्यो भाँडो र त्यसमा रहेको पानी अपवित्र हुन्छ ।

सात पटक धुनु र त्यसमा पनि पहिलो पटक माटोले सफा गर्नु भनेको कुकुरले कुनै भाँडोमा मुख हाल्यो भने मात्र हो । यदि उसको दिसापिसाब वा अन्य कुराले केही कुरा दूषित भएको छ भने त्यसमा यो नियम लागु हुने छैन ।

माटोले भाँडो धुने तरिका : भाँडोमा पानी र माटो हालेर राम्रोसँग मिसाउने र त्यो मिश्रणले भाँडो माझ्ने ।

यो आदेश सबै कुकुरहरूका लागि समान हो भन्ने कुरा हदीसबाट छर्लङ्ग हुन्छ, चाहे त्यो इस्लामले पालन अनुमति दिएको शिकार गर्ने, पहरा दिने र पशुधनको सुरक्षा गर्ने कुकुर किन नहोस् ।

साबुन र सरफ माटोको कायममुकायम हुँदैन; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले माटोलाई तोकर भन्नुभएको छ ।

التصنيفات

अपवित्रता हटाउने, भाँडो