إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दामा बस्ने कुमारी केटी भन्दा धेरै लजालु (हयादार) हुनुहुन्थ्यो । यदि उहाँले कुनै…
नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दामा बस्ने कुमारी केटी भन्दा धेरै लजालु (हयादार) हुनुहुन्थ्यो । यदि उहाँले कुनै अप्रिय कुरा देख्नुभयो भने, उहाँको अनुहारमा त्यसको झलक देखिन्थ्यो।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दामा बस्ने कुमारी केटी भन्दा धेरै लजालु (हयादार) हुनुहुन्थ्यो । यदि उहाँले कुनै अप्रिय कुरा देख्नुभयो भने, उहाँको अनुहारमा त्यसको झलक देखिन्थ्यो।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Kiswahili Português සිංහල অসমীয়া ગુજરાતી Tiếng Việt Nederlands پښتو Hausa Svenska മലയാളം Кыргызча Română తెలుగు ಕನ್ನಡ Српски ქართული Moore Kinyarwanda Magyar Македонски Čeština Українська Wolof Lietuvių Azərbaycan Malagasyالشرح
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) पुरुषसँग सम्बन्ध कायम नगरेकी, आफ्नो घरमा पर्दामा बस्ने एक अविवाहित युवती भन्दा बढी लजालु हुनुहुन्थ्यो । उहाँ अत्यन्तै लजालु हुनुको एउटा उदाहरण के छ भने जब उहाँ कुनै चीजलाई घृणा गर्नुहुन्थ्यो, तब उहाँको अनुहार परिवर्तन हुन्थ्यो, तर उहाँ केही भन्नु हुन्नथ्ये । उहाँका सहाबा (साथी) हरूले उहाँको अनुहार देखेर उहाँलाई यो कुरा मन परेन भन्ने कुरा बुझ्थे ।فوائد الحديث
नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्तै लजालु (हयादार) हुनुहुन्थ्यो भन्ने कुराको प्रमाण, जुन एक उत्कृष्ट चरित्र हो ।
अल्लाहले निषेध गर्नुभएका (हराम) कुराको उल्लङ्घन नभएसम्म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता, तर अल्लाहले निषेध गर्नुभएका (हराम) उल्लङ्घन हुँदा उहाँको क्रोध र आफ्ना साथीहरुलाई त्यस्तो नगर्न आदेश ।
नम्र र लजालु हुन प्रोत्साहन; किनकि यसले आत्मालाई राम्रो काम गर्न र नराम्रोलाई त्याग्न प्रेरित गर्छ ।