إعدادات العرض
मानिसले खर्च गर्ने सबैभन्दा राम्रो दिनार (पैसा) त्यो हो जुन उसले आफ्नो घरपरिवारमा खर्च गर्छ । त्यसपछि त्यो दिनार…
मानिसले खर्च गर्ने सबैभन्दा राम्रो दिनार (पैसा) त्यो हो जुन उसले आफ्नो घरपरिवारमा खर्च गर्छ । त्यसपछि त्यो दिनार हो जुन अल्लाहको मार्गमा जिहाद गर्न राखिएको जनावरमा खर्च गर्छ । त्यसपछि त्यो दिनार हो जुन अल्लाहको खातिर आफ्ना साथीभाइहरूमा खर्च गर्दछ ।
सौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिसले खर्च गर्ने सबैभन्दा राम्रो दिनार (पैसा) त्यो हो जुन उसले आफ्नो घरपरिवारमा खर्च गर्छ । त्यसपछि त्यो दिनार हो जुन अल्लाहको मार्गमा जिहाद गर्न राखिएको जनावरमा खर्च गर्छ । त्यसपछि त्यो दिनार हो जुन अल्लाहको खातिर आफ्ना साथीभाइहरूमा खर्च गर्दछ ।" अबु किलाबा भन्छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले परिवारबाट सुरु गर्नुभएको हो । त्यसपछि अबु किलाबा भन्छन्, "त्यस मानिस भन्दा धेरै पुण्य अरु कसको हुन सक्छ जसले साना बच्चाहरूमा खर्च गर्दछ ताकि तिनीहरू कसैको अगाडि हात फैलाउन नपरोस्, अल्लाहले उनीहरूलाई यसबाट लाभान्वित गरून् र उनीहरूलाई निरपेक्ष बनाओस् ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Kiswahili Português සිංහල دری অসমীয়া ไทย Tiếng Việt አማርኛ Svenska Yorùbá Кыргызча Hausa ગુજરાતી Oromoo മലയാളം Română Nederlands Soomaali پښتو తెలుగు Kinyarwanda ಕನ್ನಡ Malagasy Српски Mooreالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले खर्चका केही रूपहरू बयान गर्नुभएको छ र जब खर्चको धेरै बिन्दुहरू टकराउँछन् भने सबैभन्दा महत्त्वपूर्णबाट शुरु गर्नुपर्छ । मुस्लिमले खर्च गरेको सबैभन्दा पुण्य त्यो धनमा हो जसलाई - उसले ती व्यक्तिहरूमा खर्च जर्छ, जसको पालनपोषण उसमाथि अनिवार्य छ; जस्तै श्रीमती र छोराछोरी आदि । त्यसपछि अल्लाहको मार्गमा युद्धका लागि तयार सवारीमा खर्च । त्यसपछि अल्लाहको मार्गमा लडिरहेका आफ्ना साथीहरू र सहयात्रीहरूमाथि खर्च ।فوائد الحديث
हदीसमा खर्च गर्दा प्राथमिकता कसलाई दिने भन्ने उल्लेख गरिएको छ, विशेषगरी खर्चको बिन्दुहरू टकराउँछन् भने यसलाई ध्यानमा राख्नुपर्छ ।
आफ्नो घर परिवारमा खर्च गर्नु अरूको लागि खर्च गर्नु भन्दा धेरै पुण्य हो ।
अल्लाहको खातिर जिहादमा खर्च गर्नु सबैभन्दा ठूलो खर्च हो, जस्तै जिहादको लागि हतियार र मुजाहिदहरू तयार गर्ने ।
केही मानिसहरू भन्छन् : अल्लाहको मार्गको अर्थ भनेको आज्ञाकारिताको हरेक कार्य हो, जस्तै हज आदि ।