रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सारको बारेमा भन्नुभयो: "केवल मुमिनले तिनीहरूलाई प्रेम गर्नेछ र जो कपटी छ उसले…

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सारको बारेमा भन्नुभयो: "केवल मुमिनले तिनीहरूलाई प्रेम गर्नेछ र जो कपटी छ उसले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूलाई घृणा गर्छ, अल्लाहले उसलाई घृणा गर्नुहुनेछ ।

बरा इब्ने आजिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सारको बारेमा भन्नुभयो: "केवल मुमिनले तिनीहरूलाई प्रेम गर्नेछ र जो कपटी छ उसले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूलाई घृणा गर्छ, अल्लाहले उसलाई घृणा गर्नुहुनेछ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मदीनाका अन्सारहरूसँगको प्रेमलाई पूर्ण ईमानको चिन्ह र उनीहरूलाई घृणा गर्नु कपटको चिन्ह हो भनेर बताउनुभएको छ । किनभने उनीहरूले इस्लाम र नाबीलाई समर्थन गर्न, मुहाजिर मुस्लिमहरूलाई आश्रय दिन र अल्लाहको लागि आफ्नो जीउधन सबै खर्च गरेका थिए । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले अन्सारलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुन्छ र जसले तिनीहरूलाई घृणा गर्छ, अल्लाहले उसलाई घृणा गर्नुहुन्छ ।

فوائد الحديث

अन्सारहरूको लागि ठूलो स्थान, किनकि तिनीहरूको प्रेम इमानको चिन्ह र कपटबाट मुक्ति हो ।

अल्लाहका औलिया (सन्त) हरूलाई प्रेम र समर्थन गर्दा अल्लाहले भक्तलाई माया गर्नुहुन्छ ।

इस्लाममा अग्रगामी हुनेहरूको सद्गुण ।

التصنيفات

ईमानका शाखाहरू, सहाबा (रजियल्लाहु अन्हुम) हरूको उत्कृष्टता