إعدادات العرض
जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल…
जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"
[सही] [बुखारीले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Tagalog Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە Hausa ไทย دری Akan Български Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy or Română Kinyarwanda тоҷикӣ O‘zbek Moore Azərbaycan Wolof Oromoo Soomaali Українська bm km rn ქართული mkالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कृपा र दयाको व्याख्या गर्दै भन्नु भयो कि यदि कुनै मुस्लिम लाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा नियमित रूपले कुनै पुण्य कर्म गर्ने बानी छ, र पछि बिरामीले गर्दा वा यात्रामा व्यस्त भएकाले वा अन्य कुनै कारणले त्यो पुण्य कर्म गर्न नसकेमा, उसलाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा गरेको पुण्य कर्म को प्रतिफल बराबर नै प्रतिफल प्रदान गरिनेछ ।فوائد الحديث
यो हदीसले अल्लाहको कृपा आफ्ना भकतहरू प्रति अपार छ भन्ने कुरा प्रष्ट पार्छ ।
यस हदीसमा लगनशीलता साथ सत्कर्म गर्न प्रोत्साहित गरिएको छ, अनि स्वास्थ्य र फुर्सदको समयलाई सदुपयोग गर्न प्रोत्साहन दिइएको छ ।
التصنيفات
इस्लामको सद्गुण र विशेषताहरु