मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक

मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभएको छ, तर बिहान उठ्दा उसले भन्छ: हे यार, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पापी मुस्लिमलाई अल्लाहले क्षमा गर्नुहुन्छ, तर जसले पाप गरेपछि खुलेआम गर्वका साथ आफ्नो पापको घोषणा गर्दै हिंड्छ, ऊ क्षमा योग्य छैन; किनभने उसले रातमा गरेको पापलाई अल्लाहले ढाकिदिनुभएको थियो, तर बिहान उठ्दा उसले आफ्नो साथीलाई भन्छ: हे यार, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो !!

فوائد الحديث

अल्लाहले पापलाई लुकाईदिएपछि खुलेआम अरुलाई भन्नु एकदम गलत हो ।

खुलेआम पापको घोषणा गर्नु भनेको आस्थावान (विश्वासी) हरूमाझ अनैतिकता फैलाउनु हो ।

अल्लाहले जसलाई यस संसारमा पर्दा गर्नुहुन्छ, आखिरतमा पनि उहाँले पर्दा गर्नुहुनेछ र यो उहाँका सेवकहरूप्रति अपार कृपा हो ।

यदि कोही पापमा फसेको छ, उसले आफूलाई ढाक्नु पर्छ र अल्लाहसँग तौबा (पश्चात्ताप) गर्नुपर्छ ।

खुलेआम पाप गर्नेहरू अल्लाहको माफीबाट बञ्चित हुनेछन् ।

التصنيفات

पापको निन्दा