जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशाका साथ कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा…

जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशाका साथ कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशाका साथ कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) यहाँ ‘लैलतुल-क्द्र’ (सम्मानित रात) को पुण्य वर्णन गर्दै हुनुहुन्छ, जुन रमजान महिनाको अन्तिम दस रातहरू मध्ये एक हो । यस रातको सद्गुण के छ भने जसले यस रातको पुण्यमा विश्वास गर्दछ र अल्लाह तआलाको खुशी प्राप्त गर्ने उद्देश्यले यसमा उठ्छ, नमाज पढ्छ, प्रार्थना गर्छ, कुरआन पढ्छ, जिक्र र अजकार गर्दछ, कपट र देखावटीबाट टाढा रहन्छ भने उसका विगतका पापहरू क्षमा हुनेछन् ।

فوائد الحديث

‘लैलतुल-क्द्र’ (सम्मानित रात) को पुण्य र यसमा जागृत रहन र प्रार्थना गर्न प्रोत्साहन ।

असल कर्महरू तब मात्र स्वीकृत हुन्छ जब ती राम्रो नियतले गरिन्छ ।

अल्लाहको असीम कृपा र दया । किनभने जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशाका साथ कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा गरिन्छ ।

التصنيفات

कियामुल्लैल (रातको सलाह), रमजानको अन्तिम दश दिन