إعدادات العرض
जब तिमीहरूले (रमजान को महिनाको ) …
जब तिमीहरूले (रमजान को महिनाको ) चन्द्रमा देख्छौ, रोजा (उपवास) राख, जब तिमीहरूले (शव्वाल महिनाको) चन्द्रमा देख्छौ, रोजा बस्न छोडिदेऊ, र यदि बादल लागेको छ भने, महिनाको अनुमान लगाऊ ( अर्थात् महिनाका तीस दिनहरू पूरा गर) ।
इब्न उमर (रजियल्लाहु अन्हुमा) द्वारा वर्णन छ: उहाँले भन्नुभयो: मैले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको सुनें: जब तिमीहरूले (रमजान को महिनाको ) चन्द्रमा देख्छौ, रोजा (उपवास) राख, जब तिमीहरूले (शव्वाल महिनाको) चन्द्रमा देख्छौ, रोजा बस्न छोडिदेऊ, र यदि बादल लागेको छ भने, महिनाको अनुमान लगाऊ ( अर्थात् महिनाका तीस दिनहरू पूरा गर) ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Nederlands অসমীয়া Tiếng Việt Kiswahili ગુજરાતી پښتو አማርኛ Oromoo ไทย Română മലയാളം Malagasy Deutsch Кыргызча తెలుగుالشرح
अल्लाहका नबी( सल्लल्लाहु अलैहि व सल्लम)ले रमजान महिनाको शुरुवात र अन्त्यको संकेत बताउनु भयो र भन्नु भयो : यदि तिमीहरूले रमजानको चन्द्रमा देख्यौ भने, रोजा (व्रत) बस, र यदि तिमीहरू र यस (चन्द्रमा) को बीचमा बादल आएर ढाक्यो भने शाबान महिनाको लागि तीस दिनहरू गणना गर, र जब तिमीहरूले शव्वालको चन्द्रमा देख्छौ, आफ्नो व्रत छोड यदि तिमीहरू र यस (चन्द्रमा) को बीचमा बादल आएर ढाक्यो भने रमजानको महिनाका तीस दिन गनेर पुर्याऊ ।فوائد الحديث
महिनाको शुरुवात प्रमाणित गर्नको लागि भर चन्द्रमा देखिनुमा गरिन्छ हिसाबमा होइन ।
बादल वा यस्तै कारणहरूले रमजानको चन्द्रमा देख्न नसकेमा शाबानमा तीस दिन पूरा गर्नु अनिवार्य हुन्छ ।
चन्द्रमास केवल उन्न्तीस दिन वा तीस दिनको हुन्छ ।
यदि बादल वा यस्तै अरू कारणले शव्वालको चन्द्रमा देखिएन भने रमजानको महिनाका तीस दिन पूरा गर्नु अनिवार्य छ ।
जो कोही त्यस्तो ठाउँमा छ जहाँ मुस्लिमहरूलाई रोजाको बारेमा सूचना दिने मान्छे कोही छैन वा यसका बारेमा कसैलाई कुनै पर्वाह छैन भने आफै जागरुक हुनु पर्छ र आफु वा कुनै भरोसाको लायक मान्छेले चन्द्रमा देखेमा मात्र रोजा राख्न थाल्नु वा छोडि दिने गर्नु पर्छ ।
التصنيفات
चन्द्रमा हेर्नु