शङ्काबाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो

शङ्काबाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "शङ्काबाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो । लुकेर कसैको कुराहरू हेर्न वा सुन्ने प्रयास नगर्नु, एकअर्कासंग ईर्ष्या नगर्नु, एकअर्काको पछि नलाग्नु, एकअर्कासंग घृणा नगर्नु र सबै अल्लाहका सेवक र दाजुभाइको रूपमा बस्नु ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरू बीच भ्रम, विभाजन र शत्रुता निम्त्याउने केही चीजहरू विरुद्ध चेतावनी र निषेध गर्नुभएको छ । त्यस्ता केही कुराहरू यस प्रकार छन्: 'अज्-जन' (शंका) : यो बिना कुनै प्रमाण मनमा उत्पन्न हुने एक खराब विचार हो, जसलाई उहाँले सबैभन्दा ठूलो झूटको संज्ञा पनि दिनुभएको छ । 'अत-तहस्सुस' : भनेको आँखा वा कानले मानिसहरूका गोप्य कुराहरू खोज्नु हो । 'अत-तजस्सुस' : गोप्य कुराहरू खोज्नु हो । यो शब्द प्रायः दुष्टको बारेमा भनिन्छ । 'अल-हसद' : अरूले पाएका राम्रा कुराप्रति इर्ष्या गर्नु हो । 'अत-तदाबुर' : मानिसहरू एकअर्कालाई अगाडि आउँछन् तर टाढिएर जान्छन् । नत सलाम गर्छन् नत सन्चो बिसनंचो सोध्छन् । 'अत-तबागुज' : एकअर्कालाई मन नपराउने र घृणा गर्ने, जस्तै अरूलाई यातना दिने, ठुस्स पर्ने र मानिसहरूलाई राम्रोसँग नभेट्ने । अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो अर्थपूर्ण कुरा भन्नुभयो, जसले मुस्लिमहरू बीच आपसी सम्बन्ध सुधार गर्न सक्छ । उहाँले भन्नुभयो: "हे अल्लाहका दासहरु! आपसमा दाजुभाइ जस्तै बस्नु ।" वास्तवमा भाइचारा यस्तो सम्बन्ध हो, जसले मानिसहरूबीचको सम्बन्ध सुधार्न र प्रेम तथा स्नेह बढाउन सक्छ ।

فوائد الحديث

नराम्रो लक्षणहरू देखा पर्ने व्यक्तिको बारेमा शंका गर्नु हानिकारक छैन । दुष्ट र पापी मानिसहरूको धोकामा नपर्न मुमिनले सधैं सचेत र होसियार हुनुपर्छ ।

अर्थात, त्यो दुष्ट धारणा विरुद्धमा चेतावनी हो, जुन हृदयमा बस्छ र बाहिर आउँदैन । जहाँसम्म यस्तो दुष्ट विचार, जुन हृदयमा मात्र महसुस हुन्छ तर पछि खतम् हुन्छ, त्यसमा कुनै पाप छैन ।

मुस्लिम समाजका सदस्यहरू बीच घृणा र विभेद सृजना गर्ने ईर्ष्या र जासुसी जस्ता सबै कुराहरू हराम छन् ।

मुसलमानसँग दाजुभाइको सम्बन्धजस्तो व्यवहार गर्न, सल्लाहमा सत्यता र मायामा आत्मीयता राख्ने आदेश ।

التصنيفات

नराम्रो आचरण