إعدادات العرض
हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।
हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी वाक्यहरूका साथ दुआ गर्नु हुन्थ्यो : "हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।"
[सही] [निसाई र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt Hausa Kurdî Português සිංහල Nederlands অসমীয়া Kiswahili ગુજરાતી پښتو Română മലയാളം Deutsch ქართული Кыргызча Moore Magyar తెలుగు Svenska ಕನ್ನಡ Українська Македонски Kinyarwanda Oromoo ไทย Српски मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Wolof Lietuvių ភាសាខ្មែរالشرح
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले निम्न उल्लेखित कुराहरूबाट शरण माग्नु भएको छ : १- "हे अल्लाह, म ऋणको बोझबाट तपाईंमा शरण चाहन्छु।" हे अल्लाह, म ऋणको दबाब, बोझ, दुःख र चिन्ताबाट तपाईंमा मात्र शरण चाहन्छु। म यसलाई तिर्न सक्षम हुन तपाईंको मद्दत चाहन्छु। २- "शत्रुको विजय।" शत्रुको क्रोध र प्रभुत्वबाट। म प्रार्थना गर्छु, उसको अत्याचार र उत्पीडन रोक्नु होस् र मलाई उसमाथि विजय प्रदान गर्नुहोस्। ३- "शत्रुहरूको खुशी।" मुस्लिमहरूमाथि आइपरेको विपत्ति र कठिनाइमा शत्रुहरूको खुशीबाट।فوائد الحديث
ऋण आदि जस्ता असल कामबाट विमुख गर्ने र दुःख र शोक निम्त्याउने सबै कुराहरूबाट अल्लाहको शरण लिन प्रोत्साहन।
सामान्य ऋणमा कुनै अप्ठ्यारो छैन। तर अप्ठ्यारो त्यहाँ हुन्छ, जहाँ ऋण चुक्ता गर्ने क्षमता हुँदैन। यस्तो ऋण नै भारी र समस्याजनक हुन्छ।
मान्छेले ती कुराहरूबाट टाढा रहनु पर्छ जसमा उसलाई हाँसोको विषय बनाइन्छ र आलोचना गरिन्छ ।
मुमिनहरूप्रति काफिरेहरूको शत्रुता र विपत्ति आइपर्दा उनीहरूको आनन्दको विवरण।
समस्याको समयमा, शत्रुहरूको हाँसोले झन् पीडा थपिन्छ।
التصنيفات
प्रमाणित दुआहरू