إعدادات العرض
जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु…
जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु स्वीकार्य) हुँदैन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का पवित्र श्रीमतीहरु बाट उधृत गरिएको छ, उहाँले भन्नुभयो: "जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु स्वीकार्य) हुँदैन ।"
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский اردو 中文 हिन्दी বাংলা Español Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە Türkçe دری Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Soomaali Moore Українська Български Tagalog Wolof Azərbaycan ქართული тоҷикӣ bm Oromoo Македонскиالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ज्योतिषीकहाँ जाने लाई चेतावनी दिँदै हुनुहुन्छ । हदीसमा ‘अर्राफ’ शब्द प्रयोग गरिएको छ जसको अर्थ तारा, शैतान इत्यादिको सहयोगबाट अदृश्यको बारेमा जान्ने दाबी गर्नेहरु हुन्, जस्तै ज्योतिषीहरू, झाँक्री हरु, बालुवामा रेखाहरू कोरेर वा हात देखेर भविष्यवाणी गर्नेहरू इत्यादि । त्यस्ता व्यक्तिहरूलाई अदृश्यको बारेमा केही सोध्दा, अल्लाहले चालीस दिनको नमाजको इनामबाट वञ्चित गर्नुहुन्छ । वास्तवमा यो उसको ठूलो पापको सजाय हो ।فوائد الحديث
ज्योतिषी भएर काम गर्नु र ज्योतिषीकहाँ गएर अदृश्य कुरा सोध्नु दुवै हराम हो ।
कहिलेकाहीँ मानिस आफ्नो पापको कारणले पुण्य कर्मको इनामबाट वञ्चित हुन्छ।
त्यसैगरी यस हदीसमा तथाकथित राशिफल, नक्षत्रहरूको अध्ययन, हातका रेखा र कचौराहरू पढेर गैबको (अदृष्यको) बारेमा भविष्यवाणी गर्ने सबै समावेश छन्, यद्यपि यो सबै मात्र जानकारी प्राप्त गर्नको लागि भए पनि । किनकि यी सबै कुराहरू भाग्य-बताउने र अदृष्यको बारेमा जान्ने दावी गर्नेहरूका विभिन्न रुपहरू हुन् ।
ज्योतिषीकहाँ जानुको सजाय यति कठोर छ भने स्वयम् ज्योतिषी र अदृश्यको कुरा गर्नेलाई कति ठूलो सजाय होला ?
चालीस दिनको नमाज अदा (वैध) हुन्छ र यसलाई कजा गर्नु पर्दैन, अर्थात पुनः पढ्नु पर्दैन, तर पुण्य प्राप्त हुँदैन ।
التصنيفات
नाम र अह्कामहरू