नाम र अह्कामहरू

नाम र अह्कामहरू

25- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।

40- शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।